मानहुँकाेट जाँदै गरेको माईक्रो दुर्घटना हुँदा एककाे मृत्युु


सेतीमादी संवाददाता
दमौली, ३ मंसिर । तनहुँको मानहुँकोट नजिकै माईक्रोबस मंगलबार विहान ५ः ३५ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० यात्रु घाईते भएका छन् ।
पर्यटकिय स्थल मानहुँकोट अवलोकनको लागि पोखराबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको पर्यटक चढेको माईक्रो वस दुर्घटनामा परको प्रहरीले जनाएको छ । सूर्योदयको दृश्य अवलोकनको लागि उनिहरुहरु विहानै गएका थिए । दुर्घटनामा परि पोखरा महानगरपालिका–३२ वर्ष २८ की सुनिता गुरुङको घटनास्थलमै मृत्यु भएको छ । अन्य १० जना सोही ठाउँका घाईते भएका छन् ।
‘पक्की सडक सकिएपछि कच्ची बाटोमा अगाडि बढ्दै गर्दा व्याक भएर ६ सय मिटर तल खसेर दुर्घटना भएको हो’ घटनास्थल पुग्नु भएका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले बताए । माईक्रोवसका चालक वर्ष ३२ को नविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s