जुवा खेलेका १५ जना पक्राउ


सेतीमादी संवाददाता
दमौली, ३० कार्तिक ।
जुवा खेलिरहेको अवस्थामा तनहुँमा तीन लाख ७५ हजार ६३७ नगद सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साथबाट सुनको जस्तो धातुको औठी एक थान पनि नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।
शनिबार राती भानु नगरपालिका–१२ मिर्लुङ कवाचित स्थित उमेश अधिकारीको बारीमा रहेको कटेजमा जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा ९ जनाको टोली खटी गई जुवा(कौडा),नगद तथा कौडा खेल्दा प्रयोग गरिने विभिन्न चिजहरु बरामद समेत गरिएकोे जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज तिमिल्सिनाले बताए ।
स्थानीय सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्गबहादुर गुरुङ, चन्द्रबहादुर शाही, सुमन खनाललाई पक्राउ गरिएको छ । यसैगरी रामु मल्ल, हरी खडका, राम गुरुङ, आसकुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णुबहादुर भण्डारी, शिवकुमार श्रेष्ठ र पुरन गुरुङलाई नियन्त्रणमा लिई निजहरुको थप अनुसन्धान भइरहेको डिएपी तिमिल्सिनाले बताए ।।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s