कुटपिटबाट एक जनाकाे ज्यान गयाे


सेतीमादी संवाददाता
दमौली, ३० कार्तिक ।
व्यास नगरपालिका–१ भादगाउँ, खकौलीमा दुईजनाबीच झगडा हुँदा एकको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षिय कृष्णबहादुर दरैको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा सलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षिय भिमबहादुर दरैलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
शनिबार दिउँसो उनिहरु दुईबीच झगडा भएको र भगडामा आवेगमाई कृष्णबहादुरलाई कुटपिट गर्दा मृत्यु भएको तिमिल्सिनाले बताए ।
टाउको र ढाडमा गम्भीर चोट लागि घाइते भएका कृष्णबहादुरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । कृष्णबहादुर घाइते अवस्थामा घर नजिकैको कुलोमा फेला परेपछि उपचारको लागि दमौली अस्प्तालमा लगिएको डिएसपी तिमिल्सिनाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s