
दमौली ,२८ कार्तिक ।
तिहार पछि व्यास नगरपालिका थप तीन बन्द हुने भएको छ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए अनुसार मंसिर ३, ४ र ५ गते नगरपालिका बन्द गर्ने निर्णय गरिएको छ । कोरोनाको संक्रमणलाई मध्य नजर गर्दै थप तीन दिन नगरपालिका बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । अत्यावश्यक सेवा भने सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत सिग्देलको भनाई रहेको छ ।