तिहारमा तडक भडक नगरौं

तिहार हिन्दू धर्मालम्बीहरुको दशै पछि दोस्रो ठूलो चाड हो । पाँच दिन सम्म मनाईने तिहारको विशेष महत्व रहेको छ । हिन्दू धर्म शास्त्रमा उल्लेख भए अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई रमाईलो मनाएको हुँदा तिहारका पाँच दिनलाई यमपञ्चक मानिएको हो । यमुनाकोमा रहँदा यमुना व्यवहारले यमराज निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग्न आग्रह गर्दा यमुनाले हरेक वर्ष तिहारको दिन आफूलाई भेट्न आउनुपर्ने र दिदी भाई, दाजु बहिनी बीचको प्रेम सदा अटल रहोस् र दार्ज भाईको आयु, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन् । बहिनी यमुनाले वर मागे बमोजिम यमराजले तथास्तु भनिदिए । त्यतिबेला नै तिहार पर्व निरन्तर रुपमा मनाईदै आएको विश्वास रहेको छ । तिहारमा विशेष गरी दाजुभाई तथा दिदी बहिनी बीच आत्मिय प्रेम र स्नेह साट्ने गरिन्छ । यसका साथै साथै तिहारलाई पशु र मानवबीचको आत्मिय र प्रगाढ सम्बन्ध कायम गर्ने पर्वका रुपमा समेत हेर्ने गरिन्छ । किनकि तिहारमा काग, ककुर, गाई र गोरुलाई पूजा गरी मिठा परिकार खुवाई गरिन्छ । तसर्थ यो तिहार पर्व मानवको मात्र नभई पशुपन्छी र जनावरसंग समेत सम्बन्धित रहेको छ ।

तिहार आत्मिय प्रेम र स्नेह साटासाट गर्ने पर्व मात्र नभई देउसी भैलो र जुवातास खेली मनोरञ्जन प्रदान गर्ने गरिन्छ । साथै तिहारमा पटक पड्काउने देखि अन्य गतिविधीहरु समेत गरिन्छ । जुन गतिविधीमा सबै उमेर समुहका व्यक्तिहरुको सहभागिता रहने गर्दछ । तर तिहारमा जुवातासका कारण ठूलो मात्रामा धनजनको क्षति हुने हुँदा यस तर्फ बेलैमा सबैको ध्यान पुग्नु पर्दछ । अन्य तिहार खुसीको पर्व नभई पीडाको पर्वमा परिणत हुनेछ । तिहारको अवसरमा सम्पूर्ण महानुभावमा हाम्रो तर्फबाट हार्दिक शुभकामना ।


सतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s