तनहुँकी मनिषा गोल्डेन आईडलमा टप सेभनमा छनोट

अमरराज नहर्की
दमौली ,२८ कार्तिक ।
तनहुँकी मनिषा श्रेष्ठ नेपाल गोल्डेन आईडलको टप सेभेनमा पुग्न सफल भएकी छिन् ।
प्रतियोगिताको नृत्य तर्पmबाट मनिषा छनोट भएकी हुन् । घरमै नृत्य सिकेर मनिषा छनोट हुँदै गएपछि विजेताको नजिक पुगेकी छिन् ।
पोखरामा भएको अडिसनबाट उनी छनोट भएकी हुन् । म्याग्दे गाउँपालिकाको थर्पु स्थित मिन माध्यामिक विद्यालयमा कक्षा–८ अध्ययन गर्ने मनिषा १४ वर्षको छिन् । सानै देखि नाच्न सिपालु मनिषा पढाईमा अब्बल रहेको विद्यालयले जनाएको छ । मनिषाले तनहुँको खैरेनीटार महोत्सवले गत वर्ष आयोजना गरेको नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई अब्बल सावित गर्दै प्रथम भएकी थिइन् । आफ्नो परिवारबाट पुरा साथ पाएकोले नृत्यमा आगाडी बढ्न सहज भएको मनिषा बताउँछिन् । सानै देखि छोरी नृत्यमा सिपालु भएको र त्यस क्षेत्रमा नै उनको भविश्य उज्ज्वल देखेर मद्धत पु¥याउँदै आएको मनिषाका बुबा मेहरमान श्रेष्ठले बताए।


मनिषाले घरमै नृत्य सिकेकी हुन् । उनीलाई आफ्नै दिदी निता र सञ्जुले नृत्य गर्न सिकाएको मनिषा बताउँछिन् । आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले थप सहयोग र साथको आवश्यकता रहेको मनिषाले भनिन् । निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न मनिषाले सबैलाई आग्रह गरेकी छिन् । देशभरिका हजारौ प्रतिष्पर्धिलाई आफ्नो नृत्यकलाले पछि पार्दै सातौंमा पुग्ुन भएकी मनिषाले भोट गर्नको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यापिटमा ल्न्क्ष् ?कउबअभश्रःक्ढलेखी घघण्ण्ज्ञ मा म्यासेज पठाउन आग्रह गरेकी छिन् । ‘म विजेता हुन्छु भन्ने विश्वस्त छु भोट गरेर हौंसला दिनुहोला’ मनिषाले भनिन् । गोल्डेन आईडल प्रालिले आयोजना गरेको यस प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपियाँ रहेको बताईएको छ । गत वर्ष नै अडिसन लिईएको भएपनि कोभिडको संक्रमणले गर्दा प्रतियोगिता केही समय रोकिएकोमा पुनः शुरु गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s