भिमाद र शुक्लागण्डकी जोड्ने जरेवरखोला पुलको शिलान्यास

दमौली ,२७ कार्तिक ।
शुक्लागण्डकी र भिमाद नगरपालिका जोड्ने जरेबरखोलामा माथी मोटर गुड्ने पुल माथि मोटर गुड्ने पुल निर्माण गर्न शुरु भएको छ ।
दुई पालिका जोड्ने मोटर भएकोले मितेरीपुल निर्माण शुक्लागण्डकी नगरपालिका– ११ र भिमाद नगरपालिका–९ जोड्ने पुल निर्माण गरिएको हो । पुलको एक कार्यक्रम बीच बुधबार शिलान्यास गरिएको छ । उक्त पुलले दुई पालिका जोड्ने भएकोले मितेरी पुल नामाकरण गरिएको छ । पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरे । प्रदेश नजिकको सरकार भएकोले स्थानीय जनतालाई परेको समस्या नियालिरहेको र उक्त स्थानमा स्थानीय वासिन्दाहरु वर्षायाममा जोखिम मोलेर वारपार गर्नु पर्ने समस्या देखेर पुल निर्माणको लागि वजेट विनियोजन गरेको जानकारी दिए । साथै उनले सवारी आगगमनमा पनि सहज बनाउन मोटर पुल बनाईएको बताए


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले आफ्नो क्षेत्रमा परेको विकास निर्माणका योजनाहरुलाई समयमा कसरी समपन्न गर्ने तिर सबैको ध्यान केन्दीत हुनुपर्ने बताईन् । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ र भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापा दुबैले स्थानीय तहबाट आवश्यक पर्ने सबै कार्यमा साथ र सहयोग दिने प्रतिबद्धता गरेका थिए ।
पुल निर्माणको लागि ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाको स्टमेट भई पोखरा स्थित मुक्तिनाथ दिपज्योतीले ३ करोड ३६ लाख ७५ हजार ६ सय ३६ रुपियाँमा सम्झौता भएको कार्यक्रममा जानकारी दिईयो । पुलको लम्बाई ३२ दशमल ४ मिटर हुने भएको छ । गाडी गुड्ने चौडाई ६ मिटर र पैदल यात्रुको लागि दुवैतिर १ दशमलव २÷१.२ गरी जम्मा चैडाई ८ दशमलव ४ हुने जानकारी दिईयो । उक्त निर्माण कार्य २०७८ असार २२ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको शुक्लगण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । लामो समयदेखी उक्त खोलामा मोटर पुल हुदाँ खोलाबाटै आवत जावतमा गर्न स्थानीयहरु बाध्य रहेका थिए । समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण शुरु गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s