कोरोनाले बनायो होटल व्यवसायी पौडेललाई कृषक

दमौली,२७ कार्तिक ।
तनहुँका एक होटल व्यवसायीलाई कोरोना भाईरसको सङ्क्रमणले गर्दा कृषक बनाएको छ ।
कृषक बनेका बन्दीपुर गाउँपालिका–१ प्युघरका वसन्त पौडेलले अहिले मनग्गे कमाउन थालेका छन् । बन्दाबन्दीले होटल व्यवसायक ठप्प भएपछि शुरु गरिएको फर्ममा पौडेलले तीन रोपनी जग्गामा कालिज, टर्की, बट्टाई, फेन्सी तथा स्थानीय जातका कुखुरा र फेन्सी परेवा पालन गरेका छन् ।
फुर्सदको समयको सदुपयोग गरेर शुरु गरिएको फर्मबाट छोटो समयमा नै आम्दानी लिन थालेका छन् । पौडेलले सञ्चालन गरेको ‘दाम्ले बाजेको एकीकृत कृषि फर्म’ अवलोकन गर्नेको भिड बढ्न थालेपछि होटलका ग्राहक बढेर दोहोरो आम्दानी हुन थालेको छ । पर्यटकिय नगरी तनहुँको बन्दीपुरमा दुई र डुम्रे र बन्दीपुरको बीचमा पर्ने प्युघरमा एक गरी तीन स्थानमा होटल व्यावसायमा लगानी गरेका पौडेलले कोराना संक्रमणको प्रभावले होटलमा घाटा भएपनि विकल्पको रुपमा फर्म सञ्चालन गरेको जानकारी दिए ।


‘अहिले कृषि फर्मबाट मासिक एक लाख रुपैयाँ बचत भईरहेको छ, बिक्रीको समस्या नभएकोले सोचे भन्दा बढी मुनाफा भयो ।’ पौडेलले भने । २० लाख रुपैयाँ लगानी गरेर एकीकृत फर्म सञ्चालन गरेको र मुनाफा राम्रो भएकोले आफ्नो १८ रोपनी जग्गामा विस्तार गर्न लागेको पौडेलले बताउँछन् । असोज १ गते देखि पर्यटन क्षेत्र खुला गर्ने सरकारले निर्णय गरेसँगै बन्दीपुरमा पर्यटक बढेकाले स्थानीय स्तरमा नै बिक्री भईरहेको उनले जानकारी दिए । ‘विशेष गरी कालिजको मासुमा पर्यटको रोजाई परेको छ । प्रति गोटा ३ हजार ५ सयमा बिक्री भएको छ,’ पौडेलले भने । फमले गर्दा सोही ठाउँमा सञ्चालन गरिएको होटलमा पनि ग्राहक बढ्न पुगेको उनले बताए।


२५० वटा कालिज, ३०० वटा बट्टाई, टर्की, विभिन्न जातका कुखुरा, परेवागरी गरी करीव एक हजार वटा पंक्षीजन्य उनले पालन गरेको छ । ‘फर्म अवलोकन गर्दा चिडिया घरमा नै पुगेको जस्तो अनुभूति भयो ।’ बन्दीपुर घुम्ने क्रममा पुगेका व्यास नगरपालिका–४ बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले भने । सिभिल इन्जिनियर समेत रहेका पौडेलले आर्कषण तरिकाले फमको सजावट (डिजाईन) गरेकाले पर्यटकलाई लोभ्याएको छ । तारजाली बाहेक खुला ठाउँमा पनि पालन गरिएकोले स्यालबाट जोगाउन भने मुस्किल परेको पौडेलले बताए ।


पंक्षीको स्वभावले खुला ठाउँ रुचाउँने तर फराकिलो गरी तारजाली लगाउने हो भने खर्च बढी लाग्ने समस्या भएको उनले बताए । चल्ला कोरल्नको लागि पौडेलले ह्याचरी मेसिन राखिएको छ । पोखराको काजिल फर्मबाट खरीद गरेर ल्याएर पक्षीपालन गरेको पौडेलले बताए । व्यवसायी पौडेल बन्दीपुर पर्यटन विकास समितिका सचिव हुन् । बन्दीपुरमा पर्यटक बढ्दै गएकोले अधिकांश आफ्नै होटलबाट नै खपत भएको उनी बताउँछन् । आफ्नो हजुरबाले दाम्लाको व्यापार गर्ने भएकोले स्थानीयले दाम्ले बाजे भनेर चिन्ने गरेकोले फर्मको नाम हजुरबालाई सम्झिएर राखेको उनले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s