नगरपालिकाले चालेको कदम सकारात्मक

सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत एकाएक चर्चित हुन पुगेको मानहुँकोटको पर्यटन प्रवद्र्धनमा नगरपालिकाले केही कदमहरु चालेको छ । यसरी कदम चाल्नेक्रममा भौतिक पूर्वाधार निर्माण देखि गुरुयोजना निर्माणका लागि तत्कालै ३० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ । जसमध्ये २५ लाख रुपैयाँ शौचालय, खानेपानी व्यवस्थापन लगायतका शीर्षकहरुमा खर्च गरिने भएको छ भने ५ लाख रुपैयाँ गुरुयोजना निर्माणका लागि खर्च गरिने भएको छ । मानहुँकोटमा नगरपालिकाले यस अगाडि पनि रेलिङ निर्माण देखि भ्यूटावर निर्माण कार्य अगाडि बढाएको थियो ।

मानहुँमा गत शनिबार जुन हिसाबले आन्तरिक पर्यटकहरुको घुईचो लाग्यो त्यसले व्यास नगरपालिका भित्र पर्यटनका लागि अवसर र चुनौती दुबै थपि दिएको छ । अवसर यस अर्थमा कि यहि हिसाबले मानहुँकोट र व्यास नगरपालिका भित्र पर्यटकहरु भित्रिने क्रमजारी रहने हो भने कोरोना कहरले थला परेको यहाँको अर्थतन्त्रलाई उकास्न निकै मद्धत पुग्ने देखिन्छ । तर अवसर सगै पर्याप्त पूर्वाधारहरु निर्माण नभएको हुँदा यहाँ आएका पर्यटकहरु पछि घुम्न नआउने पो हुन् कि भन्ने चुनौती थपिएको छ । तसर्थ मानहुँकोट लगायत अन्य पर्यटकीय स्थलहरुमा पूर्वाधारहरु निर्माण गर्ने विषयमा व्यास नगरपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ । खासगरी नगरपालिकाले मानहुँकोट लगायतका पर्यटकीय स्थलमा पर्यटकलाई आर्कषित गर्ने खालका भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिनु पर्दछ । त्यस तर्फ अवश्य पनि नगरपालिकाको ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s