स्व.सिहंको १ सय ६ औं जन्मजयन्ती मनाईयो

दमौली ,२५ कार्तिक ।
गणेशमान अध्ययन अनुसन्धान तथा पार्क स्मृति संरक्षण समिति दमौलीको आयोजनामा सोमबार सर्वाेच्च नेता स्व. गणेशमान सिंहको १ सय ६ औं जन्मजयन्ती मनाईयो ।
सो अवसरमा व्यास नगरपालिका वडा नं २ गणेशमानचोकमा रहेको स्व. सिंहको सालिकमा माल्र्यपण गरिएको थियो । जन्मजयन्तीको अवसरमा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अमरराज कैनीले सिंहले राजनीतिमा गर्नुभएको त्याग र बलिदानीलाई बिर्सिएर नेताहरुले सत्ताको लागि लुछाचुडी गरिरहेको बताए । साथै कैनीले सिंह नेपाली राजनीतिमा प्रधानमन्त्री, पार्टी सभापति जस्ता पदको कहिल्यै लोभ नगरेको स्मरण गर्दै उदाहरणीय नेता भएको उल्लेख गरे ।


कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानलेले व्यक्तिगत ढङ्गले सङ्गठन बनाउने निषेधको राजनीति जस्ता त्यागेर पदीय स्वार्थ त्यागेर राष्ट्रिय हितको लागि काम गर्न सकेमात्र गणेशमान प्रति सम्मान हुने बताए । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङ सचिव समुन्द्र गोदार लगायतका वक्ताहरुले सिंहको त्याग र बलिदानीलाई नेपाली जनता र हालका नेतागणले कहिल्यै भुल्न नहुने कुरामा जोड दिएका थिए । कार्यक्रम पार्क स्मृति समितिका कार्यबाहक अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s