‘मानहुँकोटमा पर्यटन पार्क बनाउनु पर्नेमा जोड’

दमौली ,२५ कार्तिक ।
मानहुँकोट आन्तरिक पर्यटकको रोजाईमा परे सगै मानहुँकोटमा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्नुपर्ने वहस शुरु हुन थालेका छन् ।
मानहुँकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने वहस सुरु भईरहेको सन्र्दभमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले मानहुँकोट पर्यटकीय हिसाबले सम्भावना बोकेको स्थान भएको हुँदा पर्यटकलाई मनोरञ्जन प्रदान गर्न खालका पूर्वाधार निर्माण गर्नुपर्ने जोड दिन्छन् । मानहुँकोटमा पर्यटकीय पूर्वाधारहरु निर्माण भएको खण्डमा पर्यटकीय नगरी पोखरा भित्रने पर्यटकहरु मानहुँकोट छिर्ने सम्भावना निकै नै रहेको प्रमुख वाग्लेको भनाई छ । राजमार्गबाट निकै नजिक र सडक पहुँच भएका कारण मनोरञ्जनयुक्त संरचनाहरु भएको खण्डमा ठूलो संख्यामा सहजै पर्यटकहरु भित्र्याउन सकिने समेत प्रमुख वाग्ले बताउँछन् ।


मानहुँकोटमा सुविधाजन्य पर्यटन पार्क निर्माण गर्न सकेको खण्डमा मानहुँकोटको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी बैंश गुरुङ बताउँछन् । सुविधाजन्य पार्कहरु निर्माण गर्न सकेको खण्डमा बन्दिपुर घुम्न आउने पर्यटकहरु समेत मानहुँकोट जानसक्ने पर्यटन व्यवसायी गुरुङको भनाई रहेको छ । त्यसैगरी स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारी मानहुँकोटमा पर्यटकलाई आर्कर्षित गर्ने पर्यटकीय पार्क सहित राष्ट्रिय तथा जिल्ला भित्रका सहिदहरुको सम्झनामा पार्क बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिन्छ । साथै मानहुँकोट र आसपासको कला संस्कृतिलाई जोगाउन समेत विशेष ध्यान दिनुपर्ने अध्यक्ष अधिकारीको भनाई रहेको छ ।


दमौली निवासी डा. लक्ष्मीकान्त चापागाई भने मानहुँकोट महाहनु (लामो चिउँडो भएको ऋषि) नामका सिद्धमहर्षिको तपस्या स्थल भएको हुँदा सर्वप्रथम महाहनु ऋषिको मूर्ति निर्माण गर्नुपर्ने बताउँछन् । त्यस्तै दमौलीका अर्का सामाजिक अगुवा देवीबहादुर बस्नेत पनि मानहुँकोट क्षेत्र महाहनु ऋषिले तपस्या गरेको स्थल भएको हुँदा महाहनु मानहुँकोटको पहिचानका लागि महाहनु ऋषिको मूर्ति निर्माण अपरिहार्य भएको बताउँछन् । किम्वदन्ती अनुसार मानहुँकोटको बीच भागमा महाहनु ऋषिले तपस्या गरेको गुफा अझै पनि रहेको बस्नेतले बताए । बस्नेतका अनुसार उक्त गुफामा योगी नरहरिनाथ आएर समेत ध्यान बसेका थिए ।
यसैबीच मानहुँकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने वहस चौतर्फी रुपमा भईरहेका बेला व्यास नगरपालिकाको शनिबार सम्पन्न नगरपालिकाको कार्यपालिका बैठकले मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गर्ने, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले गुरुयोजना निर्माणका लागि दुई महिनाको अवधि छुट्याएको छ । सो बीचमा मानहुँमा जग्गा किनबेचमा समेत रोक लगाईएको छ । त्यस्तै बैठकले मानहुँकोटको पर्यटन गतिविधीलाई व्यवस्थित बनाउनका लागि दैनिक ३ सय पर्यटकलाई मात्र मानहुँकोट जान दिने अनुमति दिएको छ । त्यस्तै बोर्ड बैठकले मानहुँकोटमा सार्वजनिक जग्गाको अभिलेख राख्ने देखि मानहुँकोटलाई व्यवस्थित बनाउन शौचालय निर्माण लगायत अन्य भौतिक संरचना निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s