पर्यटन मार्फत आय आर्जनको योजना बनाएका छौं– प्रमुख प्रशासकीय अधिकृत सिग्देल

दमौली ,२५ कार्तिक ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पर्यटन मार्फत आय आर्जनको योजना बनाएको बताएका छन् ।
त्यसमा पनि धार्मिक पर्यटनलाई विशेष महत्व दिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलको भनाई छ । मान्छेले प्रकृति खोजिरहेका र मानुङकोटबाट नजिकबाटै प्रकृतिलाई नियाल्न पाईने भएकोले मानहुँमा पर्यटकको ओइरो लागेको प्रमुख प्रशासकीय अधिकृत सिग्देल बताउँछन् । व्यवस्थित, सुरक्षित र दिगो रुपमा गर्नको लागि मानुहुँकोटमा बोर्ड बैठक बसेको जानकारी दिँदै सिग्देलले ओइरो व्यवस्थापनको लागि वडा कार्यालयमा दर्ता गरेर एक दिनमा तीन सय जनालाई मात्रै जानको लागि स्वीकृत दिएको बताउँछन् ।
‘एक महिना भित्रै गुरुयोजना, हात धुने पानी ट्यांकरबाट लगेर भएपनि लैजाने धार्मिक पर्यटन र आयआर्जन कसरी गर्ने भन्ने योजनाबद्ध ढंगले गर्दैछौं ।’ सिग्देलले भने । मानहुँकोटबाट देखिने कुहिरो अद्भूत दुश्य भएको सिग्देल बताउँछन् । तत्कालै पु¥याउनु पर्ने पूर्वाधारको लागि प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रयत्न भईरहेको सिग्देलले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s