सार्वजानिक गाडी सञ्चालन गर्ने अवस्था छैन– संयोजक श्रेष्ठ

अमरराज नहर्की
दमौली ,२४ कार्तिक ।
कोरोना संक्रमणले गर्दा यात्रुको अभावले सार्वजानिक भाडाका गाडीहरु सञ्चालन गर्न सकिने अवस्था नभएको स्थानीय यातयात व्यवसायीले बताएका छन् ।
चाडपर्वको बेला यात्रु पर्याप्त पाएर पहिलेको घाटा पनि पूर्ति गर्ने आशा पलाएको भएपनि सोचे जस्तो नभएको गुनासो व्यवसायीको छ । चाडपर्वको बेला घर आउँदा १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने, चाडपर्व मनाउन परिवारमा सिमित गर्नु भन्ने स्थानीय स्तरमा निर्णय भएकोले यात्रु अभाव हुँदा घाटा भएको स्थानीय यातयात व्यवसायी समितिको अनुगमन समितिका संयोजक मेहरमान श्रेष्ठले जानकारी दिए । ‘यात्रुहरु वाहिर निकस्कन डराईरहेका छन् खाली खाली चलाउनु परेकोले भाडाका गाडी सञ्चालन गर्न सकिने अवस्था छैन ।’ संयोजक श्रेष्ठले भने ।


निजी सवारीले यात्रु बोकिदिँदा भाडाका सवारी साधन मर्कामा
अनुगमन संयोजक श्रेष्ठ निजी सवारी साधनले यात्रु बोकी दिँदा व्यवसायीलाई मर्का परको बताए ।
‘निजी सवारीले व्यक्तिगत रुपमा मात्रै प्रयोग गर्ने हो भाडामा लगाउने हैन अनुगमन फितलो हुँदा भाडाका यात्रु बोकिरहेका छन् ।’ श्रेष्ठले भने । निजी गाडीमा यात्रुहरु कोचाकोच गरे पनि ट्राफिक चेकजाँचमा खासै वास्ता नहुने गरेको उनी बताउँछन् । यात्रुहरु कोरोनाको संक्रमण हुने डरले निजी गाडी रिर्जभ गरी यात्रा गर्ने गरेको उनी बताउँछन् । भिडभाड नगर्नु सकभर यात्रा नगर्नु भनेर सरकारले अनुरोध गरेकोले पनि यात्रु पाउन कठिन भएको उनी बताउँछन् । खर्च धान्न नसकोकोले आफ्ना ५ वटा बसमा एक मात्रै सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए । आम्दानी नभएर बैंकको किस्ता तिर्न नसकेको बारम्बार फोन आउने गरेको उनी बताउँछन् । ‘गाडी बैंक र मेरो आधा आधा हो, लैजानुस् घरमा पनि थन्काएर राख्ने नै हो भनेर बाध्य भएर भन्नु परेको छ ।’ श्रेष्ठले भने । सरकारले सिन्टिकेट खारेजी पछि व्यावसायमा जोखिम बढेको उनको भनाई छ । विमा कम्पनीले घाईतेको उपचारको विमा कम्पनीले बढीमा तीन लाख सम्म मात्रै व्यहोर्ने भएकोले समस्या निम्त्याएको बताउँछन् ।
कुनै अवस्थामा जटिल हुँदा हेलिकप्टर मगाएर उपचारमा लैजाने र ५०–६० लाख सम्म पनि उपचारमा खर्च हुने जस्ता समस्या निम्तिएको उनी बताउँछन् । कोरोनाको संक्रमणले यातयात व्यवसायीलाई मर्का परेकोले जाँचपास, परमिट, बिमा, जस्तामा शुल्क मिनाहा सरकारले गर्नु पर्ने उनी बताउँछन् । साथै उनले समस्या समाधानको लागि सर्वपक्षिय छलफल गरेर सरकारले निकास दिनु पर्ने उनी बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s