व्यास नगर कार्यपालिकाको आइतबारका निर्णयहरु

व्यास नगरपालिका, नगर कार्यपालिकाको बैठक आज २०७७ साल कार्तिक २३ गतेका दिन व्यास नगरपालिका वडा नं ०५ स्थित पर्यटकिय गन्तब्यको रुपमा रहेको मानुङकोटमा नगरप्रमुख श्री वैकुण्ठ न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न भई देहाय बमोजिमका निर्णयहरु गरियो ।

१)      पछिल्लो केहि समय यता व्यास-०५ स्थित मानुङकोटमा आन्तरीक पर्यटकहरुको आगमनमा उल्लेख्य रुपमा बृद्दी हुन गई विद्यमान अबस्थामा व्यवस्थापकीय चुनौतीहरु थपिन गएको हुदाँ यस स्थानमा देशका विभिन्न टाँउहरुबाट आउने आन्तरीक पर्यटकहरुको सुबिधालाई ध्यानमा राखी तत्काल निम्न कार्यहरु गर्ने गराउने निर्णय गरीयो।

क)      मानुङकोट क्षेत्रका सार्वजनीक जग्गाहरु एकिन गरि अभिलेख राखी सोको संरक्षण गर्ने ।

ख)      सार्वजनीक शौचालय निर्माण लगाएतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्ने तत्काल २५,००,०००।-(पच्चीस लाख रुपैया) विनियोजन गरि कार्य अगाडि बढाउने । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न संघ संस्थाहरुसंग साझेदारीका लागि प्रस्ताब आह्वान गर्ने ।

ग)       मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गर्ने, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु.५,००,०००।–(पाच लाख) विनियोजन गर्ने । साथै गुरुयोजना निर्माण हुने अबधि (२०७७/०७/२४ गते देखी लागु हुने गरि २०७७ पौष मसान्त सम्म) सम्मका लागि मानुङकोट क्षेत्रको जग्गा रजिष्ट्रेशन सम्बन्धि कार्यको सिफारीस बन्द गर्ने ।

घ)       २०७७/०७/२५ गते देखी मानुङकोट जाने पर्यटकहरुलाई अनिवार्य रुपमा नाम दर्ता गरि स्वास्थ्य, सुरक्षा सम्बन्धि मापदण्डको पुर्ण रुपमा पालना गरेर मात्र मानुङ क्षेत्रको दृश्यावलोकनका लागि प्रवेश गराउने व्यवस्था मिलाउन सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिने साथै सामान्यतया दैनिक रुपमा ३०० जना पर्यटकलाई मात्र दृश्यावलोकनका लागि प्रवेशानुमति प्रदान गर्ने ।

२)      नगर स्तरिय अस्पताल अध्ययन समितिको म्याद मार्ग मसान्त सम्म थप गर्ने, रोटरी क्लबबाट प्राप्त PCR मेसिनको सञ्चालनको लागि दातृ निकायसंग समन्वय गरि आवश्यक व्यवस्था मिलाउने ।

३)      वडागत सिमा हेरफेर अध्ययन समितिलाई आगामि वैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने ।

४)      किसानहरुको माग बमोजिम आलुको विऊ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने ।

५)      कोभिड-१९ को संक्रमण विस्तारीत हुदै गएकाले सतर्कता एवं साबधानि अपनाउन प्रचार प्रसार गर्ने, सुरक्षीत होम आईसोलेसन भएमा मात्र होम आईसोलेसनमा बस्न दिने अन्यथा संस्थागत आईसोलेशनमानै राख्ने व्यवस्था मिलाउन स्वास्थ्य शाखालाई निर्देशन दिने ।

६)      विपद् व्यवस्थापन गर्न तत्काल १००० (एक हजार) थान जाली र आबश्यक मात्रामा ह्यूम पाईप नियमानुसार खरिद गर्ने।

७)      कोभिड-१९ बाट संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण मृत्यू हुनुभएका नगर क्षेत्रका कोभिड संक्रमित परिवारमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिन्छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s