महको व्यवसायिक विस्तारका लागि कृषकलाई तालिम

दमौली ,२४ कार्तिक ।
तनहुँका कृषकलाई मौरी पालन सम्बन्धि तालिम आईतबारबाट सुरु गरेको छ । कृषि ज्ञान केन्द्र तनहुँको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
महको व्यवसायिक विस्तारको लागि अगुवा किसानलाई तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । तालिममा केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, मौरीपालक कृषक कृष्ण गुरुङ र राजेश्वर सिलवालले प्रशिक्षण दिएका छन् । तीन दिने तालिममा २५ जना सहभागी छन् ।
मौरी पालनको महत्व, जातको पहिचान, मौरीको सामाजिक जीवन, उमेर अनुसारको कार्य विभाजन, मौरीको जीवनचक्र, मौरीको गृह त्याग, मौरीको घार तथा पालन सम्बन्धि व्यवस्थापनबारे जानकारी दिईएको छ ।
तालिममा आहारा व्यवस्थापन, मौरीको शत्रुहरुको पहिचान, परम्परागत घार र आधुनिक घारका फाईदा, मौरी पालनमा प्रयोग हुने उपकरणको पहिचान लगायतका बारेमा जानकारी दिन तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कृषकको मागको आधारमा तालिम प्रदान गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s