व्यास नगर कार्यपालिकाको बैठक मानहुँकोटमा बस्ने

दमौली ,२२ कार्तिक । व्यास नगरपालिकाको नगर कार्यपालिकाको बैठक मानहुँकोटमा बस्ने भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए अनुसार कार्यपालिकाको बैठक आइतबार मानहुँकोटमा बस्दैछ । पर्यटकीय हबको रुपमा विकास हुँदै गईरहेको अवस्थामा मानहुँकोटको वस्तुस्थिती बुझ्नका लागि सोही स्थानमा कार्यपालिकाको बैठक बस्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । पछिल्लो समय मानहुँकोटमा शौचालयको अभाव , फोहोर व्यवस्थापन र सुरक्षा व्यवस्थाको चुनौती थपिदै गईरहेको सिग्देलले बताए । यसअघि केही समय अगाडि नगरप्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा नगरपालिकाको टोलीले मानहुँकोटको अवलोकन गरेको थियो ।साथै नगरपालिकाले ३ ट्रिपर फोहोर संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s