कोरोनाको कहरमा मानहुँकोटमा पर्यटनको ढोका खुल्यो , भौतिक पूर्वाधार र सुरक्षामा ध्यान दिनुपर्ने जोड

दमौली , २२कार्तिक । कोरोनाको कहरका कारण देशका प्रमुख पर्यटकीय गन्तव्य सुनसान भईरहेको अवस्थामा व्यास नगरपालिकामा पर्ने मानहुँकोटमा भने पर्यटकको घुईचो लाग्न थालेको छ ।

मानहुँकोटमा घुम्नका लागि हिजोआज दैनिक सयौंको संख्यामा पर्यटकहरु घुम्नका लागि आउन थालेका छन् । मानहुँकोट घुम्नका लागि राजधानी ,पोखरा, चितवन लगायतका देशका विभिन्न भागबाट आन्तरिक पर्यटकहरु आउने क्रम ह्वात्तै बढेको छ । यसै क्रममा शनिबार मानहुँकोटमा हालसम्म कै सबैभन्दा बढी संख्यामा आन्तरिक पर्यटकहरु घुम्नका लागि पुगेका छन् ।
पछिल्लो समय मानहुँकोटबाट बिहानको समयमा सूर्योदयको दृश्य अवलोकनका लागि टेण्ट टाँगेर मानहुँकोटमा बस्ने क्रम बढ्न थालेको छ । शुक्रबार पनि टेण्ट टाँगेर बस्नेहरुको संख्या ठूलो रहेको थियो । मानहुँकोटबाट सूर्योदयका अलावा कुहिरोको ताल , हिमाल तथा दमौली बजार र वरिपरिको मनोरम दृश्यले पर्यटकहरुलाई तान्न थालेको छ ।

मानहुँकोटमा पछिल्लो समय पर्यटकहरुको संख्या हवात्तै बढेपनि भौतिक पूर्वाधार निर्माण हुन सकिराखेको छैन ।खासगरी मानहुँकोट घुम्न आउन पर्यटकहरुले सुविधा युक्त होटल तथा लजहरु नहुँदा बास बस्न तथा खानपिनमा समस्या भोग्दै आउनु परेको छ । त्यस्तै दिनहुँ सयौंको संख्यामा पर्यटकको ओइरो लाग्दै गर्दा सुरक्षा व्यवस्थामा समेत चुनौती थपिदै गईरहेको छ । मानिसहरुको भीडभाडलाई मध्यनजर सिसि क्यामेरा जडान देखि प्रहरी गस्ती र अस्थायी प्रहरी राख्न ढिलाई गर्न नहुने पर्यटक तथा अन्य सर्वसाधारणको भनाई छ ।यदि बेलैमा त्यस तर्फ ध्यान नदिने हो अप्रिय घटना हुन सक्ने अनुमान समेत गरिन थालिएको छ ।

व्यवस्थित बनाउन नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड
त्यस्तै मानहुँकोटमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गर्दा मानहुँकोटलाई व्यवस्थित बनाउन नगरपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन थालेको छ । त्यसका लागि नगरपालिका तर्फबाट तत्कालै कम्तीमा दुई तीन जना कर्मचारीहरु खटाएर त्यहाँ घुम्न आउने पर्यटकहरुको तथ्याङक राख्ने देखि शुल्क निर्धारण गर्नुपर्ने देखिन्छ । अन्यथा बढ्दो भीडसगै मानहुँकोट अव्यवस्थित हुने देखिन्छ ।

खानेपानी र शौचालयको अभाव
पर्यटकको घुईचो लागेको मानहुँमा खानेपानी र शौचायलयको अभाव रहेको छ । शौचालयको अभाव भएको विषयलाई घुम्न गएका आन्तरिक पर्यटकहरुले आई यो हामी मानहुँको नौलो गाउँ , खाईयो भात छैन है … ठाउँ भनेर टिकटिक नै बनाएर हालेका छन् ।जसले गर्दा मानहुँकोट नकारात्मक सन्देश गईरहेको छ ।
तस्बिर –सामाजिक सञ्जाल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s