
दमौली ,२१ कार्तिक ।
भानु नगरपालिका वडा नं ५ निवासी मृगौला रोगी सुब्बाबहादुर खत्रीको उपचारमा समस्या सिर्जना भएको छ ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण खत्रीको उपचारमा समस्या सिर्जना भएको हो । ५५ बर्षिय खत्रीको हाल डायलासिस भईरहेको छ । दमौलीमा डायलासिस गर्न नपाउँदा पोखरा लैजानु पर्दा खत्रीका परिवारले झन आर्थिक समस्या झेल्नु परेको खत्रीको उपचारका लागि सहयोग संकलनमा जुटको शैलेस खातीले बताए । खातीका अनुसार महिनामा ४ पटक पोखरा लैजाउनु पर्दा ४० देखि ५० हजार रुपैयाँ खर्च हुन गरेको छ । खत्रीको उपचारका लागि सहयोग गरि दिन खातीले सबैलाई आग्रह गरको छन् ।