तनहुँमा एकै दिनमा २४ जनामा कोरोनाको सङ्क्रमण

सेतीमादी संवाददाता
दमौली, कार्तिक २१ गते ।
तनहुँमा एकै दिन २४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारि गरिएको विज्ञेप्ती अनुसार नगरपालिकाहरु व्यास र भानु र गाउँपालिकामा घिरिङमा गरी उक्त सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।


संक्रमित मध्ये तीन जना महिला र बाँकी पुरष छन् । सबैभन्दा धेरै व्यासमा १९ जना थपिएका छन् । भानुमा ३ जना घिरिङ गाउँपालिकामा १ र एक जनाको ठेगाना खुल्न सकेको निर्देशानालयले जनाएको छ ।
यो सँगै तनहुँमा कोरोनाबाट ज्यान गुमाउनेहरुको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तनहुँमा हाल शुक्रबार सम्ममा नौ सय ५६ जनामा कोरोनाको सङ्क्रमण भएको छ भने छ सउ १८को निको भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । एक सय ३० जनाको नतिजा आउन बाँकी र तीन सय २६ जना सक्रिय संक्रमित रहेको अधिकारीले बताए ।
जिल्लामा सवै स्थानीय तहले आफ्ना नागरिकहरुको स्वास्थ्यका लागि कोरोना परिक्षण देखि आवश्यक खर्च गर्दै आएका छन् । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण पैmलदैं गएकोले शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । काक्तिक २० देखि २५ गते सम्मको लागि नगरपालिकाले बन्द आब्हान गरेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s