जमिन बाँझो नराख्ने कि ?

नेपाल कृषि प्रधान देश हो । नेपालका अधिकांश नागरिक कृषिमा आश्रित छन् । तर नेपाल कृषि प्रधान मुलुक भएपनि कृषिमा व्यवसायिककरण नहुँदा कृषिमा आश्रित नागरिकको जीवन स्तर उकासिन सकिराखेको छैन । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने धान, मकै, मास, कोदो लगायतका खाद्य वस्तुहरु रोपेपछि जमिन बाँझो नै हुने गर्दछ । जसले गर्दा कृषिमा जुन उपलब्धि हात पर्नुपर्ने हो त्यो अत्यन्त न्यून रहेको छ । यसरी जमिन बाँझो बन्दै गर्दा न त केन्द्र सरकार, न त प्रदेश र न त स्थानीय तहको नै ध्यान पुग्न सकिराखेको छ ।

देशव्यापी रुपमा बाँझो जमिनमा खेती लगाउने विषयमा तीनै तहका सरकारले ध्यान पुर्याउन नसिकराखेको अवस्थामा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ८ मा खेत बाँझो नराख्नका लागि आलुको बीउ अनुदान वितरण गरिएको छ । वडा कार्यालयले दिएको जानकारी अनुसार वडा नं ८ का ६ सय ६७ कृषकलाई ५ देखि ६ सय किलोसम्म आलुको बीउ उपलब्ध गराइएको छ । कार्यालयका अनुसार आलुको बीउमा कृषकहरुलाई ५० प्रतिशत सम्म अनुदान दिइएको छ। खेत बाँझो हुन नदिनका लागि वडा कार्यालयबाट आलुको बीउमा अनुदान दिने जुन निर्णय भएको छ । त्यो अत्यन्त सकारात्मक छ । किनकि यसले एकातिर जमिन बाँझो हुनबाट रोकिएको छ भने अर्को तर्फ स्थानीयको आय आर्जन वृद्धि हुन भएको छ । यो कार्य अत्यन्त सकारात्मक छ । तसर्थ यसलाई शुक्लागण्डकी नगरपालिकाका बाँकी वडा र अन्य स्थानीय तहहरुले समेत सिको गर्नु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s