चाडपर्व र बिदाको दिन पनि नभनी खटिएका छौ–स्वास्थ्य प्रमुख अधिकारी

दमौली ,२० कार्तिक ।
कोराना भाईरसको संक्रमण देशै भरी बढेकारहेको छ । तनहुँमा पनि कोरोनाको संक्रमणमा दिन प्रतिदिन बढी रहेको छ । बुधबार सम्ममा मात्रै तनहुँमा ९२२ जनामा कोरोनाको संक्रमण भएको छ भने १२ जनाको तनहुँमा मात्रै मृत्यु भएको छ ।
संक्रमित सङ्ख्या बढ्दै जाँदा रोकथाम तथा न्यूनीकरण कार्यको लागि स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीलाई कामको भारी बढेको छ । कामको चाप बढेसँगै स्वास्थ्य प्रमुख अधिकारी बिदाको दिन तथा चाडपर्व केही नभनि तथा कार्यालय समय बाहेक पनि अहोरात्र खटिईरहेका छन् ।


कोरोनाको माहामारीको बेला भएकोले दशैं, तिहार भन्दा पनि महामारीबाट बच्नु र बचाउनु ठूलो भएकोले काममा खटिनु परेको उनि बताउँछन् । ‘दशैंको टिकाको दिन कोरोनाको शंकास्पद बिरामी स्वाब संकलन, क्यारेन्टाईनमा रहेका बिरामीको बारे जानकारी लिने तथा तथ्याङ संकलन गरेर स्वास्थ्य निर्देशानालय पठायौं ।’ अधिकारीले भने । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखाले महामारीको समय भएकोले चाडपर्वको बेला पनि काम अग्रपंतिमा रहेका स्वास्थ्यकर्मीहरुलाई खटाएको उनि बताउँछन् ।


सहरको तुलनामा कोरोनाको संक्रमणबाट गाउँ धेरै नै सुरक्षित भएको उनको धारणा छ । गाउँमा नयाँ मानिस जाने वित्तिकै सोधपुछ गर्ने, शंकास्पद विरामी बाहिर हिडडुल नगर्ने पाईएको उनी बताउँछन् । ‘गाउँमा अनुगमनको क्रममा पुग्दा को मान्छे किन आयो भनेर निकै चासो दिएको पाईएको छ तर सहरमा भीडभाड धेरै हुने कसैले कसैको वास्ता नगर्ने तथा स्वास्थ्यका मापदण्ड अपनाउन पनि अल्छि गर्ने गरेकोले नियन्त्रणमा आउन कठिन भएको छ ।’ उनले भने । जिल्लाका जनप्रतिनिधीले कोरोना नियन्त्रण तथा रोकथामलाई साथ र सहयोग मिलिरहेको उनी बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s