खेत बाँझो नराख्न कृषकलाई अनुदानमा आलुको बिउ वितरण

दमौली ,२० र्कािर्तक ।
खेत बाँझो नराख्न तथा आलुमा आत्मनिर्भर बनाउने शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले अनुदानमा आलुको बिउ वितरण गरेको छ ।
हिउँदयाममा धान काटेपछि अधिकांश खेत बाँभैm राख्ने गरिएकोले बितरण गरिएको हो । वडाले बाँझो जमिनमा आलु लगायतको तरकारी तथा तोरी खेती गर्न पनि कृषकलाई आग्रह गरेको छ ।
हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्धेश्यले कृषकलाई अनुदानमा आलुको बिउ वितरण भईरहेको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडाले खरीद गरि ल्याएको माटो परिक्षण मेशिनबाट आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरेर प्रोत्साहन गरिएको वडा अध्यक्ष रेग्मीले बताउँछन् । यस वडाका ६६७ कृषकलाई ५ देखि ६ सय किलो सम्म आवश्यकताको आधारमा विउ प्रदान गरिएको वडाले जनाएको छ ।

  राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रम अन्र्तगत रहेर ३२ हजार किलो आलुको विउ वितरण गरिएको  कृषि शाखाका प्राविधिक भरत जैसीले जानकारी दिए । निलो आलु ११ हजार ५ सय किलो, जनदेव (रातो आलु) १८ हजार ५ सय किलो र पिभिएस आलु २ हजार २ सय दाना वितरण भएका जैसीले बताए । वडामा ४ लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उनी बताउँछन्  ।

 कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त आलु वितरण गरिएको कृषि शाखाले जनाएको छ । बिक्रीको समस्या नरहेको आफ्नै वडामा नै खपत हुने वडाध्यक्ष रेग्मीले बताए । ‘वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र कोल्ड स्टोरमा राख्नका लागि समेत व्यवस्था हुन्छ ।’ वडाध्यक्ष रेग्मीले भने । कोभिड–१९ को सङ्क्रमण बढी रहेकोले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकोले खेत मात्रै नभई सबै जमिन नै बाँझो नराख्ने अभियान सञ्चालन गर्न लागिएको वडाअध्यक्ष रेग्मीले  ।
 केही समय अघि सो वडाले जनप्रतिनिधीले प्राप्त गर्ने रकम जम्मा गरेर माटो परिक्षण मेशिन खरीद गरेर ल्याएका थिए । कुन खेती गर्दा उपयुत्त  हुन्छ भन्ने जानकारी लिई कृषकलाई व्यवसायिक खेती गर्न प्रोत्साहन गर्न मेशिन गरिद गरिएको वडाध्यक्ष रेग्मीले भने । ‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना छ खाँचो केवल सृजनशिलता र दरिलो इच्छा शत्तिको छ ।’ वडाध्यक्ष रेग्मीले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s