म्याग्दे गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द तनहुँमा थप २१ जनामा कोरोना पोजेटिभ

दमौली ,१९ कार्तिक ।
म्याग्दे गाउँपालिकामा मंगलबार देखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए अनुसार कार्तिक २१ गते सम्म गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ । प्र्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गाउँपालिकाका कर्मचारीमा कोरानोका संक्रमण देखिएसगै कार्यालयका सेवा बन्द गरिएको हो । म्याग्दे गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई कोरोनाको संक्रमण भएको थियो । उपाध्यक्ष घिमिरेको राजधानीमा उपचार भईरहेको छ ।


यसैगरी तनहुँमा मंगलबार थप २१ जनामा कोरोनाको संक्रमण भएको छ । रिसिङ गाउँपालिकाकामा ९ र भानु नगरपालिकामा ६, बन्दीपुरमा ४ भिमाद र व्यासमा एक÷एक जना गरी २१ जनामा कोरानोको संक्रमण भएको गण्डकी स्वास्थ्य निर्देशानालयले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको कोभिड १९ को परिक्षणमा उनिहरुलाई पोजेटिभ भएको पाईएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s