तनहुँमा २७ करोडको सुन्तला बिक्री हुने अनुमान

अमरराज नहर्की
दमौली,१९ कार्तिक ।
यो वर्ष तनहुँमा रु २७ करोड बराबरको सुन्तला बिक्री हुने अनुमान गरिएको छ ।
गत वर्षको भन्दा रु ३ करोड बढी बिक्री हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । मौसम अनुकुल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा उक्त रकम बिक्री हुने केन्द्रले जनाएको छ । ‘पानी प्रशस्त परेको र असिनाले पनि नचुटेकाले गत वर्ष भन्दा कृषकले तीन करोड बढी आम्दानी लिने अनुमान गरिएको छ ।’ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।


तनहुँबाट गत वर्ष रु २४ करोडको सुन्तला उत्पादन भएकोमा यस वर्ष रु २७ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी तिवारीले दिए । अघिल्लो वर्ष एक हजार ५६० हेक्टर सुन्तला लगाईएकोमा आठ हजार मेट्रिकटन सुन्तला विक्री गरि उक्त रकम आम्दानी गरेको र यसवर्ष मूल्य, क्षेत्रफल र उत्पादन पनि वृद्धि हुने प्रक्षेपण गरिएको तिवारी बताउँछन् । यो वर्ष एक हजार ५८० मा सुन्तला खेती भएको केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवन लगायतका सहरमा निर्यात हुँदै आएको छ । सुन्तला किन्न ठेकदारहरु वगैंचामा नै पुग्ने गर्छन् । शुक्लागण्डकी नगरपालिका–११ को राईपुर, म्याग्दे गाउँपालिकाकाको वडा नम्बर १, २ र ३ मा पर्ने उमाचोक र आसपासको क्षेत्र, व्यास नगरपालिका–१३ को बेनिकोट, देवघाट गाउँपालिकाको वडा नम्बर २ र ३ को छिपछिपे सुन्तला खेतीको व्लक क्षेत्र रहेको केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिए । त्यसैगरी व्यास नगरपालिका–११ को तनहुँसुर, घिरिङ गाउँपालिकाको वडा ५ र ३ को च्याचुल र उवाथोक बन्दीपुर, घाँसीकुवा, सुन्तला खेतीको पकेट क्षेत्र हुन् । पकेट तथा ब्लक क्षेत्रका नर्सरी र प्लाष्टिक पोखरी निर्माण, झार तथा हाँगा काट्ने मेशिन र प्राविधिक सहयोग उपलब्ध गराईएको श्रेष्ठले बताए । आँबुखैरेनी गाउँपालिका–२ पतेनीमा सुन्तला उत्पादनको लागि यो वर्ष ब्लक थप गर्ने योजना रहेको केन्द्रका कार्यालय प्रमुख तिवारी बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s