बन्दीपुरमा पर्यटक भित्रिन थाले

अमरराज नहर्की
दमौली ,१८ कार्तिक ।
पर्यटकीय नगर बन्दीपुरमा पर्यटकहरु आउन थालेका छन् ।
कोरोना भाईरसको संक्रमणले गर्दा पर्यटकको मुख देख्न नपाएका होटलका सञ्चालक आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि आशाको किरण देखिएको छ । ‘सात महिना होटलको ढोका बन्द गरेर बस्नुप¥यो’ तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापति तथा बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैस गुरुङले होटल बुक हुन थालेपछि व्यवसायी खुसी हुन थालेका हुन । ‘जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने राती बास बस्ने गरेका छन् ।’ अध्यक्ष गुरुङले भने । सरकारले असोज १ गतेबाट पर्यटकीय होटल खोल्ने निर्णय गरेपछि गण्डकी प्रदेशको ग्रामिण पर्यटनको एक नम्बर सूचीमा रहेको पर्यटकीय गन्तव्य बन्दीपुर सञ्चालनमा आएको हो ।

‘नेपाल सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर होटल तथा  रेष्टुरेन्ट सञ्चालनमा आएको       बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए।        एक दिन बिराएर मात्रै कोठाको प्रयोग गर्ने पाहुनाले साबुन पानी वा सेनिटाईजर प्रयोग गरी ले हात धुने, सामाजिक दुरी कायम गरेर होटल, रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाले कसैलाई पनि कोरोनाको सङ्क्रमण नभएको अध्यक्ष प्रधान            बताउँछन् ।
  यहाँका सबै होटल तथा रेस्टुरेन्टहरु खुलेका छन् । दशैं पछि आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चहलपहल सुरू भएको उनी बताउँछन् । रेस्टुरेन्टमा खाजा खाने पर्यटकहरु पनि छन् । टुँडीखेल स्थित हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्टका सञ्चालक संगिता प्रधान पर्यटक आउन थालेपछि व्यवसायले गति लिन थालेको बताउँछिन् । ‘कत्तिपनि नआउनु भन्दा अलिअलि भए पनि व्यापार भएको छ पर्यटनको सिजन शुरु भएकोले अब बढ्ने अपेक्षा छ अब बन्द भएन भने विस्थापित  हुनुपर्दैन ।’ उनले भनिन् । लामो समय बन्दीपुर  बन्द भएकाले ठूलो लगानी गरेका व्यवसायीहरु मारमा परेका     छन् । बैंकको व्याज र किस्ता तिर्न नसकेर व्यवसायीहरु निराश बनेका थिए ।


    आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न सकियो भने पनि व्यवसायमा टिकिरहन सकिन्छ कि भन्ने उद्देश्यले प्रत्येक होटल व्यवसायीले १० देखि ५० प्रतिशत छुट तथा सहुलियत सहितको विभिन्न अफर राखेको बताएका छन् । लामो समय लक डाउनमा बन्दप्रायः होटललाई ब्युँताउन यहाँका व्यवसायीले होटल कोठामा भारी छुटको पनि घोषणा गरेका छन् । ‘पर्यटक आकर्षित गर्नका लागि सबैले केही छुट दिने निर्णय गरेका छौं ’ क्षेत्रीय होटल संघ बन्दीपुर बजार एकाई समितिका अध्यक्ष विपिन प्रधानले जानकारी दिए ।
 डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र टाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आर्कषण दोहोरो लाईन मिलाईएका ढुंगाले छाईएका कलात्मक घर, नेवारी सस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।
 बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाईजात्रा,  लाखे नाचको  लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङको लागि पनि प्रख्यात ठाउँ हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s