टर्की पालनमा आकर्षण बढ्दो

टर्की युरोप र अमेरिकामा मासुका लागि निकै नै प्रयोग हुने गर्दछ । त्यसमा पनि क्रिसमसको समयमा त युरोप र अमेरिकामा त टर्कीको मासु अनिवार्य जस्तै हुने गर्दछ । अमेरिकामा टर्की मासुका अलवा स्थानीय खेल खेलाउनका लागि समेत पालना गर्ने गरिन्छ । मेक्सिको बाट विकास भएको टर्की पालन इटली पुगेको पाइन्छ ।इटली पछि युरोप, अमेरिका, एशिया हुँदै केही बर्ष अगाडि नेपाल भित्रिन पुगेको थियो । नेपालमा परवानीपुर कृषि अनुसन्धान केन्द्रमा वि.स.२०५७ सालमा मिडियम ह्वाइट साइजको टर्की भित्रिएको पाइन्छ । यसरी नेपाल भित्रिएको टर्की राजधानी लगायत देशका विभिन्न भाग हुँदै व्यास नगरपालिकाको वडा नं ११ स्थित पोल्याङमा समेत व्यवसायिक पालन गर्ने हिसाबले भित्रिन पुगेको छ । स्थानीय कृष्णप्रसाद पौडेलले व्यवसायिक रुपमा पालन गर्ने उदेश्यले टर्की भित्रयाएका हुन् । पौडेलले टर्की भित्र्याएसगै स्थानीय १४ घर परिवारले समेत व्यवसायिक रुपमा टर्की पालन सुरु गर्न थालेका छन् ।

व्यवसायिक रुपमा हेर्ने हो भने बजारमा टर्कीको मासु प्रति किलो एक हजारका दरले बिक्रि हुने गर्दछ । स्वस्थ्यको हिसाबमा हेर्ने हो भने टर्कीको मासु निकै लाभदायक नै मानिन्छ । सुगर, प्रेसर र दमका बिरामीहरुले खाँदा स्वास्थ्यमा असर नपर्ने स्वास्थ्यकर्मीहरुको जिकिर रहेको छ । राम्रो आयआर्जन देखि सर्वसाधारणको स्वास्थ्यमा फाइदाकर टर्कीको व्यवसायिक पालनालाई सकारात्मक हिसाबले लिनुपर्दछ । किनकि नेपालीहरुले बर्षेनी मासुका लागि करोडौ रुपैयाँ भारत पठाईरहेका छन् । यस्तो अवस्थामा टर्कीको व्यवसायिक पालन गर्न सकेमा सर्वसाधरणको आय आर्जनमा समेत टेवा पुग्ने थियो ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s