धानुकको निधन प्रति तरुण विभाग प्रमुख भण्डारीद्धारा गहिरो दुःख व्यक्त

काठमाण्डौं ,१६कार्तिक । नेपाली काग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य मेदानी महतो धानुक(मदन मण्डल)को निधन प्रति काग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले गहिरा दुःख व्यक्त गरेका छन् ।

धानुकको निधनले पार्टी र तरुण विभागले होनहार सदस्य गुमाउनु परेको तरुण विभाग प्रमुख भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । धानुकले लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुरयाएको योगदान अतुलनीय रहेको तरुण विभाग प्रमुखद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ४५ बर्षिय धानुकलाई उपचारका लागि राजधानी ल्याउने क्रममा आज निधन भएको थियो ।

तरुण विभाग प्रमुखद्धारा जारी शोक विज्ञप्ती

नेपाली काग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभाग सदस्य एवं तरुण विभागका सदस्य ४५ बर्षिय मेदानी महतो धानुक (मदन मण्डल)लाई उपचारका लागि आज काठमाण्डौं ल्याउँदै गर्दा बाटोमा नै निधन भएको छ । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका वडा नं ५ निवासी स्वर्गीय धनुकले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टी संगठनहरुमा अतुलनीय भूमिका निर्वाह गर्नुभएको थियो ।उहाँको निधनबाट तरुण विभाग र पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ र अपुरणीय क्षति पुगेको छ ।

नेपाली काग्रेस तरुण विभाग उहाँको निधन प्रति गहिरो शोक व्यक्त गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उहाँको आत्माको चीर शान्तिको कामनाका साथै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा नेपाली काग्रेस तरुण विभाग हार्दिक समवेदना व्यक्त गर्दछ ।
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s