कोरानाले बनायो व्यवसायिक कृषक पोल्याङका बासिन्दा टर्की पालनतिर आर्कषित

अमरराज नहर्की
दमौली ,१६ कार्तिक ।
व्यास नगरपालिका–११ पोल्याङ्का बासिन्दा टर्की पालन व्यवसाय तर्पm आर्कषित हुन थालेका छन् ।
कमाई पनि राम्रो हुने र पाल्न पनि सजिलो भएकोले उनिहरु त्यस तर्पm आर्कषित भएका हुन् । पोल्याङमा १४ घर परिवारले व्यवसायिक रुपमा टर्की पाल्न थालेका छन् । सो ठाउँका यातयात व्यवसायी कृष्णप्रसाद पौडेलले यतिबेला व्यवसायिक कृषक बनेका छन् । व्यासभूमी यातायात व्यवसायी समितिमा सञ्चालक समितिको सदस्य रहेका पौडेललाई कोरोना भाइरसको सङ्क्रमणले यातयात व्यवसायबाट घाटा भएपछि रहरे पालेको टर्कीलाई व्यवसायिक बनाएका हुन् । । पौडेल र उनकी श्रीमती शोभा दुई जना मिलेर टर्की पालन गरेका छन् ।


बुटबलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यसक्षेत्रका बासिन्दाहरु यसतर्फ आर्कर्षित हुदै गएका हुन् । टर्की व्यवसाय सञ्चालनको लागि सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप दश वटा देखि ७० वटा सम्म टर्की पाल्न थालेको पौडेलले जानकारी दिए । लोकल कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले टर्की सम्बन्धि तालिम लिएपछि टर्की पाल्न शुरु गरेका हुन् । टर्कीको मासु प्रतिकिलो रु.एक हजारमा बिक्री हुने शोभाले जानकारी दिइन् । शोभाका अनुसार टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरा लगायतका नौ जातका मँहगा र औषधीजन्य पन्छीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उनले बताईन् । एक दिने चल्लाको रु. तीन सय ५० देखि चार सय ५० सम्म मूल्य पर्ने र ६ महिना पछि खाना योग्य हुने उनले बताइन् ।


चार महिना पछि महिनामा दुई किलो सम्मको दरले बढ्ने, बोसो रहित हुने र मानिसको हड्डी मजबूद बनाउनुका साथै मुटु,सुगर प्रेसर लगायतका दीर्घकालिन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकोले यसको मासुको माग बढि रहेको पौडेलले बताए ।
चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुगन्ध नहुने र रोगले झ्वाट्ट आक्रमण नगर्ने भएकोले जोखिम पनि कम हुने हुँदा पोल्याङका वासिन्दाको त्यसतर्फ आर्कषण बढ्न पुगेको सोही ठाउँ निवासी शिक्षक लोकराज सेढाईले बताए । पौडेलको सिको गर्दै अन्य १४ जनाले पनि टर्की पाल्ल्न थालेको उनले बताए । तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढि रहेकोले माग अनुरुप पूर्ति गर्न नसकिएको शोभा पौडेलले बताइन् । ‘पाल्नको दुःख पनि छैन हाल आएर मासिक ५० हजार रुपियाँ मुनाफा भईरहेको छ फाल्टु समयको सदुपयोग पनि भएको छ कमाई पनि राम्रो छ ।’ शोभाले भनिन् । एक सय टर्की पाल्दा ६ महिनाको अवधिमा झण्डै रु.चार लाख सम्म कमाउन सकिने कृषक पौडेल बताउँछन् । लोकल कुखुरा, खसीबोकाको तुलनामा टर्कीको मासु भन्दा स्वादिष्ट र फाइदाजनक रहेकोले संम्भव भए र पाएसम्म बुझ्ने मानिसहरुले टर्कीकै मासु खाने गरेका छन् ।


ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्राम सम्म तौल हुन्छ । उनले भने ‘शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।’ गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केहि महिना अघि आफुले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताईन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s