दमौली ,१६ कार्तिक । आदिकवि भानुभक्त क्याम्पसमा प्रत्यक्ष कक्षा रोकिएको छ ।
कोरोनाको संक्रमणलाई मध्य नजर गर्दै प्रत्यक्ष कक्षा रोकिएको हो ।

यसअघि कार्तिक १५ गते बसेको व्यास नगर शिक्षा समितिको समितिको बैठकले मंसिर ३ गते सम्म प्रत्यक्ष कक्षा सञ्चालन नगर्न शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको थियो । अनलाइन कक्षा भने जारी रहने छ ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए अनुसार प्रशासन र कक्षा ११को भर्ना कार्यक्रम भने जारी रहनेछ ।