तिहार अगाडि विद्यालयहरुमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न व्यास नगरपालिकाद्धारा रोक

दमौली , १५ कार्तिक । व्यास नगरपालिका भित्रका विद्यालयहरुमा तिहार अगाडि औपचारिक कक्षा सञ्चालन नगर्न नगरपालिकाले रोक लगाएको छ ।

मौसम परिवर्तनका कारणले समुदायमा रुघा, खोकीको प्रकोप देखिएको र कोरोनाको संक्रमण विस्तार हुन सक्ने विज्ञहरुको रायलाई मध्यनजर गर्दै विद्यालयहरुमा प्रत्यक्ष कक्षा सञ्चालनमा रोक लगाएको हो । शनिबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । वैठकले वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने अनुमति भने दिएको छ । बैठकले विद्यालयमा शिक्षा लिईरहेका विद्यार्थीका अभिभावकहरुलाई आ–आफ्नो बालबालिकाको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान दिन आग्रह गर्नुका गरेको छ । साथै बैठकले मंसिर ३ गते देखि भने सम्बन्धित विद्यालयले नगरपालिकाद्धारा यस अघि जारी निर्देशिका पालना गरेर मात्र प्रत्यक्ष कक्षा सञ्चालन गर्न सक्ने र कोभिड १९ को प्रभाव देखिएमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय लिन अनुमति दिइएको छ ।

बैठकले कक्षा ११ को सञ्चालन भएका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर पूर्व निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s