वरिष्ठ नेता पौडेल सहितका नेताहरुले लिए पूर्व सभापति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

दमौली , १४ कार्तिक । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित काग्रेसका अन्य नेताहरुले नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।


पूर्व सभापति पौडेललाई थप उपचारका लागि लगिएको राजधानीको हेम्स अस्पतालमा पुगेर वरिष्ठ नेता पौडेल सहितका नेताहरुले पूर्व सभापति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यसक्रममा वरिष्ठ नेता पौडेलले अस्पतालको व्यवस्थापन पक्ष संग उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका थिए । वरिष्ठ नेता पौडेल लगायत केन्द्रिय सदस्य प्रदीप पौडेल , संविधान सभा सदस्य रामचन्द्र पोखरेल समेत अस्पताल पुगेर पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।यसअघि पौडेललाई हेम्स अस्पताललाई लैजानका लागि पूर्वमन्त्री शंकर भण्डारी र अर्का पूर्वमन्त्री गोविन्दराज जोशीले समेत समन्वयकारी भूमिका निर्वाह गरको थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s