म्याग्देका उपाध्यक्ष घिमिरे र व्यास ९ का वडा अध्यक्ष थापालाई कोरोना संक्रमण

दमौली, १४ कार्तिक । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष एवं नेपाली काग्रेस तनहुँका संगठन विभाग प्र्रमुख बालकृष्ण घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार स्वास्थ्यमा समस्या देखिएपछि पोखरामा उपचार गराएका घिमिरेलाई थप उपचारका लागि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा लगिएको छ । घिमिरेको स्वास्थ्यमा क्रमसःसुधार भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विप्तीमा उल्लेख भएअनुसार व्यास नगरपालिका वडा नं ९का वडा अध्यक्ष सुरेश थापालाई समेत कोरोनाको संक्रमण देखिएको छ । यसैबीच काठमाण्डौंको ह्याम्स अस्पतालमा उपचार गराई रहेका नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल सहित कोरोना संक्रमित घिमिरे र थापाको स्वास्थ्य लाभको कामना गरेको छ । साथै कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाउन तनहुँ काग्रेसले सम्पूर्ण जिल्लाबासीलाई अपिल समेत गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s