पौडेललाई थप उपचारका लागि राजधानी लगियो

दमौली , १३ कार्तिक । नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेललाई थप उपचारका लागि राजधानी लगिएको छ ।


पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराइएका पूर्व सभापति पौडेलको स्वास्थ्यमा अपेक्षा गरे अनुरुप सुधार नभएपछि एयर एम्बुलेन्समा राखेर थप उपचारका लागि बिहिबार राजधानी स्थित हेम्स अस्पतालमा लगिएको हो । राजधानीका अस्पतालहरुले बिरामी भर्ना लिन अस्पतालहरु इन्कार गरिरहेको अवस्थामा पौडेललाई हेम्स अस्पतालमा भर्ना गर्न पूर्वमन्त्री शंकर भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्वमन्त्री भण्डारीका अलावा पूर्वमन्त्री गोविन्दराज जोशीले समेत समन्वयकारी भूमिका निभाएका थिए ।


पूर्व सभापति पौडेललाई गण्डकी मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गरिएपनि श्वासप्रश्वासमा सुधार नहुँदा थप उपचारका लागि राजधानी लैजानु परेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s