पिसिआर रिपोर्ट नहुँदा मोफसलका बिरामीलाई राजधानीका अस्पतालमा भर्ना लिन आनाकानी

डम्बर अधिकारी
दमौली , १२ कार्तिक ।
स्वास्थ्यमा समस्या देखिएपछि पोखरा स्थित गण्डकी मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गराईएका नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलको स्वास्थ्यमा अपेक्षा गरे अनुरुप सुधार नभएपछि पौडेललाई परिवारजनले थप उपचारका लागि राजधानी लैजान खोजेका छन् ।

तर पिसिआर रिपोर्ट बिना राजधानीका नाम चलेका अस्पतालले भर्ना लिन आनाकानी गरेसगै थप उपचारका लागि परिवारका सदस्यले पौडेललाई राजधानी लैजान सकिराखेका छैनन् ।पौडेलको थप उपचारका लागि राजधानी लैजान समन्वयकारी भूमिका निर्वाह गरिरहेका काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी राजधानीका विभिन्न अस्पतालमा भर्ना गर्नका लागि सम्र्पक गर्दा केही अस्पतालले पिसिआर रिपोर्ट अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने बताएको र केहीले पिसिआर रिपोर्ट बिना भर्ना आनकानी गरेको बताए । दशैको बहानामा पिसिआर टेस्ट बन्द गरेर बिरामीको उपचार कार्य नै रोकिनु सरकारको चरम लापरवाही भएको पूर्वमन्त्री भण्डारीको भनाई छ । सरकारले पिसिआर टेस्ट कार्य तत्काल सुरु गर्ने पर्ने समेत पूर्व मन्त्री भण्डारीले भनाई छ ।

यस किसिमको समस्या गण्डकी मेडिकल कलेजमा उपचारत पौडेलले मात्र होइन । केही दिन अगाडि व्यास १ कि ६८ बर्षिय महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएपछि परिवारका सदस्यले पिसिआर टेस्ट गर्न निकै सास्ती बेर्होनु परेको थियो । परिवारका सदस्यहरु आफ्नै स्थानीय तहमा आएर पिसिआर टेस्ट गर्न चाहेका थिए ।तर व्यास नगरपालिकामा पिसिआर टेस्ट बन्द भएसगै पोखरामा निकै सास्ती बेहोरेर मृतक बृद्धाका परिवारका सदस्यले पिसिआर टेस्ट गराएका थिए ।
यता तनहुँ लगायत गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमण बढ््दै जाँदा पिसिआर टेस्टको दायरा भने घट्दै गईरहेको छ । त्यसमा पनि दशैको अवधिमा त पिसिआर टेस्ट ठप्प नै हुन पुगेको छ । पिसिआर टेस्ट ठप्प हुँदै गर्दा आम सर्वसाधारणमा कोरोनाको त्रास निकै बढ्दै गईरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s