वर्तमान सरकारको धर्म भनेको भ्रष्टचार—पूर्वमन्त्री भण्डारी

दमौली ,६ कार्तिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले वर्तमान सरकारको धर्म भनेको भ्रष्टचार मात्र भएको वताएका छन् ।

“वर्तमान सरकार कुनैपनि धर्म मान्ने पक्षमा छैन ,सरकारको अर्र्जुन दृष्टि भ्रष्टचारमा मात्र छ ।”पूर्वमन्त्री भण्डारीको भनाई छ । सो कुरा पूर्वमन्त्री भण्डारीले बिहिबार एक विज्ञप्ती जारी गर्दै बताएका हुन् । पुरातन समय देखि समाजले बडो महत्वका साथ मान्दै आएको चाडपर्वहरु विजयादशमी , दिपावली , छठ ,नेपाल सम्वत लगायतका चाडपर्व नजिकिदै गर्दा धार्मिक स्थलहरु बन्द गर्न लगाउनु दुश्कर्म भएको समेत पूर्वमन्त्री भण्डारीको ठहर रहेको छ । सर्तकता अपनाएर धार्मिक स्थलहरुमा पूजा अर्चनाका व्यवस्था मिलाउन नसक्नु सरकारको नालायकी भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई छ ।

कोरानोको महामारीमा नागरिक उपचार गर्न नसकि रहेको अवस्थामा सरकारले उपचार गर्न सक्दिन भनेर हात झिक्नु सरकारको निर्लज्जताको पराकाष्ठा भएको समेत भण्डारीको भनाई छ । सरकार पछिल्लो समय कर्र्तव्य विमुख बन्दै जान थालेको भन्दै पूर्वमन्त्री भण्डारीले कडा आपत्ति जनाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s