दशै भत्ता फिर्ता सकारात्मक कदम

कोरोनाको कहरमा जनप्रतिनिधीहरुले दशै भत्ता लिएको विषयमा चर्को आलोचना भएसगै दशै भत्ता फिर्ता गर्ने क्रम जारी रहेको छ । यसक्रममा केन्द्र तहमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)आफ्ना जनप्रतिनिधीहरुलाई दशै भत्ता फिर्ता लिन निर्देशन नै दिई सकेका छन् । केन्द्र तहमा दशै भत्ता फिर्ता भएसगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरुले समेत दशै भत्ता फिर्ता गर्नुपर्ने वहस सुरु हुन थालेको छ । वहस सुरु भएसगै कतिपय जनप्रतिनिधीले दशैभत्ता वापतको रकम कोरोनाको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । यसरी घोषणा गर्नेमा काग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति तनहुँका प्रमुख, उपप्रमुख देखि अन्य स्थानीय तहका प्रमुख र उप्रप्रमुख रहेका छन् । उनीहरुले बुधबार नै सम्बन्धित स्थानीय तहको कोरोना कोषमा रकम जम्मा समेत गरिसकेका छन् । त्यस्तै काग्रेसबाट व्यास नगरपालिका वडा नं १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले समेत २५ हजार बराबरको रकम बराबरको खाद्यन्न विपन्न परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । अन्य जनप्रतिधिीहरुले समेत दशै भत्ता फिर्ता गर्ने तयारीमा रहेको बुझिएको छ ।

दशै भत्ताको विषयलाई लिएर केन्द्र देखि जिल्ला तहमा आलोचना भईरहेका बेला काग्रेस निकट तनहुँका जनप्रतिनिधीहरुले दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । त्यो अत्यन्त सकारात्मक छ । स्थानीय तहको हकमा हेर्ने हो भने दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्नेमा तनहुँका काग्रेसबाट निर्वाचित जनप्रतिनिधी सम्भवतः मुलुकभरिनै पहिलो हुनुपर्दछ । यो कार्य अत्यन्त सकारात्मक रहेको छ । यसको सिको जिल्लाका अन्य जनप्रतिनिधी र देश भरिका स्थानीय तहका जनप्रतिनिधीहरुले गर्नु पर्ने देखिन्छ । हेरौं, यस तर्फ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरुको ध्यान कत्तिको पुग्छ ? त्यो त जनप्रतिनिधीहरुको निर्णयबाट नै स्पष्ट हुनेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s