तनहुँमा कांग्रेसका जनप्रतिनिधीले गरे दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा

दमौली ,०६ कार्तिक ।
काग्रेसको तर्फबाट निर्वाचित तनहुँका जनप्रतिनिधीहरुले दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गरेका छन् ।
पहिलो चरणमा ८ वटा स्थानीय तहका प्रमुख र उप–प्रमुखले दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गरेका छन् । कोरोना कोषमा जम्मा गर्नेमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उप–प्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उप–प्रमुख मिरा जोशी, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उप–प्रमुख आशा थापा, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापा, आँबुखैरेनी गाउँपालिकका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा रहेकी छिन् ।


जनप्रतिनिधीहरुले सम्बन्धित स्थानीय तहको कोषको कोरोना कोषमा जम्मा गरेका छन् । यसैगरी ऋषिङ गाउँपालिकाका वडाध्यक्षहरु १ का श्रीबहाहदुर आले, २ का खेम राना, ३ का दुर्गा राना, ६ का भक्तबहादुर आलेले पनि कोरोना कोषमा रकम जम्मा गरेका छन् ।
यसैबीच बुधबार व्यास नगरपालिकामा बुधबार एक कार्यक्रम आयोजना गरी समन्वय प्रमुख वाग्ले, व्यास नगरपालिकाका प्रमुख न्यौपाने, उप–प्रमुख जोशीले व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई रकम हस्तान्तरण गरेका थिए । समन्वय प्रमुख वाग्लेले व्यास नगरपालिकाकाको कोरोना कोषमा ३२ हजार रुपैयाँ प्रदान गरेका थिए । त्यस्तै नगर पालिकाका प्रमुख न्यौपाने र उपप्रमुख जोशीले व्यास ३०÷३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रमम समन्वय प्रमुख वाग्लेलेले संघीय सररकारले कोरोनाबाट सङ्क्रमितको उपचार नगर्ने भनेर हात झिक्नु उचित नभएको बताएका थिए ।


त्यस्तै प्रमुख न्यौपानेले स्थानीय तहले आफ्नो क्षमताले भेटेसम्म सहयोग गर्नु पर्छ भनेर रकम कोरोना कोषमा जम्मा गरेको बताएका थिए । साथै न्यौपानेले कोरोना कोषमा रकम राख्न कसैलाई दबाब नदिएको र आपसी सल्लाहमा स्वतः स्पूmर्त रुपमा कोरोना कोषमा रकम जम्मा गरेको बताएका थिए । त्यस्तै दशै भत्ता ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जनप्रतिनिधीहरु बाट भएको यो कार्य अत्यन्त सह्रानीय भएको हुँदा अन्य जनप्रतिनिधी र कर्मचारीले पनि अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए ।


यसअघि प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले दशै भत्ता वापतको रकम फिर्ता गर्नुपर्ने भन्दै स्कुल अफ डेमोक्रेसी तनहुँले विज्ञप्ती जारी गरेको दिएको थियो । काग्रेस निकट तनहुँका जनप्रतिनिधीले भत्ता कोरोना कोषमा जम्मा गरेकोमा स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर बहादुर अधिकारीले धन्यवाद दिएका छन् ।
यसैबीच काग्रेसका तर्फबाट जिल्ला समन्वय र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीले दशै भत्ता वापतको रकम कोरोना कोषको खातामा जम्मा गरेकोमा तनहुँ काग्रेसले धन्यवाद ज्ञापन गरेको छ । कार्यवाहक सभापति जितप्रकाश आले जनप्रतिधीहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । साथै कार्यवाहक सभापति आलेले अन्य जनप्रतिधीलाई समेत दशै भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s