कर्तव्य विमुख सरकार

धर्मलाई अफिमको संज्ञा दिने आफुलाई कम्युनिष्ट भन्न रुचाउने नेकपाको अराजक राज नेपालमा चल्दै आएको छ । वेथितिलाई थिति मान्नुपर्ने बाध्यात्मक अवस्था मुलुकमा सिर्जना गरिएको छ । एकातिर हजारौं वर्ष देखिका हाम्रा धर्म संस्कृतिलाई कमजोर पार्ने कार्यमा सरकारको प्रत्यक्ष वा परोक्ष भूमिका देखिएको छ भने अर्कोतर्फ सरकारले अहिलेको महामारीबाट जनताको जीवनमा र देशको आर्थिक तथा समाजिक पक्ष संकटमा पर्दा पनि सरकारले केही गर्न नसक्ने फरमान जारी गरेर देश र जनताप्रतिको कर्तव्यको धर्मपनिनिर्वाह गरेन । संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारलाई मौलिकहकको दायरामा राखिएको छ । संविधानको प्रावधान त बलियो सरकारले मान्न जरुरी देखेन तर आफैलेचुनावी घोषणापत्र गरेको स्वास्थ्य सम्बन्धी उद्घोष पनि चटक्कै बिर्सनु र सर्वहाराको नारा लगाउन नथाक्ने सरकारले सर्वहाराको दुःखलाई पुरै बिर्सेर आसेपासे दलालहरुको सेवामा आफुलाई समर्पित गरेको छ । त्यसैले अहिलेको सरकार कुनै पनि धर्म मान्ने पक्षमा छैन सरकारको अर्जुन दृष्टि भ्रष्टाचारमा रहेको छअर्थात अहिलेको सरकारको धर्म भनेको नै भ्रष्टाचार हो ।

पुरातन समयदेखि नेपाली समाजले बडो महत्वका साथ मान्दै आएका चाडपर्वहरु विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ लगायतका पर्वहरु नजिकिदै छन् । यस्ता चाडपर्व केवल चाडपर्व मात्र होइनन् यसले हाम्रो सनातन धर्म, संस्कृति, मुल्यमान्यता, परम्परा र सभ्यताको प्रतिनिधित्व गर्दछन् । कस्तै कठिन परिस्थितिमापनियसको निरन्तरता कायम हुनु आवश्यक छ । सरकारले आम नागरिकको जीवनमा सहजता ल्याउने र स्वास्थ्य सुरक्षा कायम हुने गरी चाडपर्वहरु मनाउने वातावरण बनाउनु पर्नेमा मठमन्दिर, धार्मिक स्थलहरु बन्द गराउने दुश्कर्ममा लागेको देख्दा सरकार कसको निर्देशनमा चलेको छ ?कसलाई खुसीपार्न खोज्दैछ ?भन्ने प्रश्न उब्जिएको छ । हाम्रा मौलिक साँस्कृतिक, धार्मिक पद्धति र परम्परालाई तोडेर हाम्रो सभ्यता माथि प्रहार गर्ने अधिकार सरकारलाई कसले दिएको छ ? नेपाल र नेपालीको सनातन धर्म र परम्पराको निरन्तरताकायम राख्न सरकारले सहयोग गर्ने हो, त्यसको लागि नागरिकलाई सहयोग उपलब्ध गराउने हो । त्यसलाई मास्न उद्धत हुनु दुर्भाग्यपूर्ण अवस्था हो ।

एकातिर कोभिड–१९ को महामारीमा उपचार गर्न नसक्ने, अस्पताल उपलब्ध गराउन नसक्ने र जनता आफैले आफ्नो प्रबन्ध गर्नुपर्ने सूचना जारी हुन्छ । अर्कोतिर हाम्रा गौरर्वपूर्ण सनातन धर्म र संस्कृतिलाई मास्नको लागि महान चाडपर्व नजिकिदै गर्दा मठमन्दिर, तिर्थस्थल तथा शक्तिपीठहरु बन्दगर्ने प्रयास गरिदैछ । यसले सरकार जनता, देश, सनातन धर्म संस्कृति र समग्रमा हाम्रो सभ्यताप्रति नै घात गर्दैछ भन्ने प्रष्ट हुन्छ ।नेपाली कांग्रेस तरुण विभाग यो सरकारलाई सचेत गराउन चाहन्छ की रोजगारी गुमेका, आम्दानीका सबै बाटो बन्दभएर संकटमा फसेका जनताको जीवनमा खेलवाड नहोस् र निशुल्कउपचार गर्ने वातावरण बनाइयोस् र आसन्न महान चाडपर्वहरुले हाम्रो सनातन धर्म, संस्कृति, परम्परा, सभ्यता र पहिचानको प्रतिनिधित्व गर्दछन् त्यसलाई आ–आफ्नो परम्परा अनुसार मनाउने वातावरण बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग प्राप्तहोस् नकी सरकार मठ, मन्दिर, प्रवित्र धार्मिकस्थलहरु बन्द गराउने र जनताको भावनामा खेलवाड गर्ने काममा लागोस् । तरुण विभाग स्मरण गराउन चाहन्छ कीविश्वइतिहास साक्षी छ । मौलिक धर्म र संस्कृतिमाथि पराईलाई खुसीपार्न आक्रमण गर्ने सरकारको अस्तित्व लामो समयसम्म रहन सक्दैन ।
शंकर भण्डारी
प्रमुख, तरुण विभाग
एवं
केन्द्रीय सदस्य नेपाली कांग्रेस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s