अवैध सालको काठ बरामद

सेतीमादी संवाददाता
दमौली, ६ कार्तिक ।
तनहुँ प्रहरीले व्यास नगरपालिका– ७ सत्रसयबाट अवैध सालको काठ सहित एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जनकल्याण सामुदायिक वनबाट ग १ त ६०७० नं. को ट्याक्टरमा ओसारपसार गरिरहेको अवस्थामा मंगलबार साँझ ८ बजे नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । चेकजाँच गर्दा उक्त ट्याक्टरमा राखी लुकाई छिपाई लैजादै गरेको अवस्थामा ११ दशमलव २२ क्युफिट परिमाणको काठ सहित ट्याक्टर तथा ट्याक्टर चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए ।
ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय तनहुँमा जिम्मा दिईएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s