सरकारको निर्णय गैर जिम्मेवार र खेदजनक भएको तनहुँ काग्रेसको ठहर कांग्रेसका प्रदेश सदस्यहरुले दशै भत्ता फिर्ता गर्ने

दमौली ,०५ कार्तिक ।
कोरोनाको उपचार व्यक्ति स्वयंले उपचार गर्नुपर्ने भनि सरकारले गरेको निर्णय गैर जिम्मेवार र खेदजनक भएको ठहर तनहुँ काग्रेसले गरेको छ ।
देशमा कोरोनाका महामारी उच्चतम जोखिम तर्फ बढिरहेको र तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको अवस्थामा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पन्छिएको तनहुँ काग्रेसले जनाएको छ । सरकारको पछिल्लो निर्णय सरासर गलत भएको समेत तनहुँ काग्रेसले जनाएको छ ।


‘विपतका वखत राज्यको सवै स्रोत परिचालन गरेर भए पनि आफ्ना नागरिकका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरि देशमा सरकार छ भन्ने महशुस गराउन पर्नेमा सरकारले केही गर्न सक्दैन आफ्नो स्वास्थ्य सुरक्षा आफै गर भनेर नागरिक दायित्ववाट पन्छिने गरि गरिएको उक्त निर्णयले यो सरकार कसका लागि हो ? भन्ने गम्भिर प्रश्न उव्जिएको छ ।’ जिल्ला सचिव विश्व वास्तोलाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै विज्ञप्तीमा सरकारले आफ्नो कर्तव्य बिर्सिएर उक्त निर्णय नसच्चाएको अवस्थामा समेत आफ्ना नागरिकहरुको कोभिड–१९ को परिक्षण र उपचार निशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकार र स्थानीय सरकारहरुलाई अपिल समेत गरिएको छ ।


वडा अध्यक्ष श्रेष्ठद्धारा २५ हजार सहयोग गर्ने घोषणा
व्यास नगरपालिका वडा नं १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले दशैमा विपन्न परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
मनकारी वडा अध्यक्ष श्रेष्ठले २५ हजार रुपैयाँ विपन्न परिवारलाई खाद्य पदार्थ किन्नका लागि सहयोग गर्ने घोषणा गरेका छन् । वडा अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सो घोषणा गरेका हुन् । विपन्न परिवारलाई सहयोगको घोषणा गरेका वडा अध्यक्ष श्रेष्ठले सहयोग लिन चाहने परिवारले कार्तिक ६ गते सम्म आफूले सहयोग गर्ने घोषणा गरेका छन् । यसैबीच वडा अध्यक्ष श्रेष्ठको घोषणालाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रुपमा लिएका छन् । साथै वडा अध्यक्ष श्रेष्ठको उक्त घोषणालाई अधिकांशले प्रशंसा समेत गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्यहरुले दशै भत्ता फिर्ता गरेका छन् । संसदीय दल पोखरामा बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि सोमबार स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाले एक विज्ञप्ती जारी गरी गण्डकी प्रदेश र तनहुँका जनप्रतिनिधिहरुलाई दशै भत्ता फिर्ता गर्न आग्रह गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s