व्यास नगरपालिकाको बोर्ड बैठकले गरयो विभिन्न निर्णय

दमौली , ५ कार्तिक । व्यास नगरपालिकाको वोर्ड बैठक बुधबार सम्पन्न भएको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । व्यास नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार व्यास नगरपालिका नगरप्रहरी नियमावली २०७७, व्यास नगरपालिका सवारी साधन तथा यातायात व्यवस्थापन कार्यविधी २०७७, पारित गरेको छ । बोर्ड बैठकले व्यास नगरपालिका भित्र काठेपोल विस्थापन गर्ने सम्बन्धि गण्डकी प्रदेश सरकारबाट गत बर्ष प्राप्त पोलहरु गाड्ने विषयमा समिक्षा गरी विद्युत प्राधिकरण र शिशाघाट बजार व्यवस्थापन सामुदायिक संस्थासंग समन्वय गरी बाकी पोल गाड्ने र अब आउने पोल ९ मिटरको माग गर्ने , सुरक्षित नागरिक आवस कार्यान्वयन कार्यविधी अन्र्तगत केन्द्रीय समितिबाट नगरका विभिन्न वडाहरुमा एकै मितिमा लाभग्राहीलाई छनौट गर्न १० दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठक दशै तिहार लगायतका चाडपर्वका अवसरमा शुभकामना प्र्रदान , बाँकी रहेका कर्मचारीको कोरोना बिमा , नगरपालिका भित्रका आन्तरिक सडक सफा गर्ने निर्णय गरेको छ । बोर्ड बैठकमा कोरोनाका विषयमा समिक्षा हुनुका साथै आश्विन मसान्त सम्मको आन्तरिक आय र मालपोत कार्यालयबाट तनहुँबाट जग्गा रजिष्ट्रेशनको बारेमा जानकारी गराईएको थियो । जसअनुसार आन्तरिक आय ३ करोड १६ लाख ८६ हजार ३ सय ७२ रुपैयाँ र रजिष्ट्रेशन दस्तुर ८५ लाख रहेको छ ।

.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s