पोल्याङबासीको सपना साकार हु“दै

व्यास नगरपालिकाको पोल्याङ भौगोलिक हिसाबले कुनै टाढाको ठाउँ होइन । सदरमुकाम दमौली देखि करिब ५ किलोमिटर दुरीमा पर्दछ । त्यस्तै पृथ्वीराजमार्गसंग पहुँच पनि निकै नजिक रहेको छ । विद्यालय, सडक, विजुली लगायतका भौतिक पूर्वाधारहरु पनि पोल्याङबासीले उपभोग गर्दै आईरहेका छन् । समग्रमा भन्नु पर्दा पोल्याङबासीलाई खासै त्यस्तो विकराल समस्या केही छैन । तैपनि खानेपानीको पर्याप्त सुविधा नहुँदा पोल्याङबासीले बर्षौ देखि सास्ती भोग्दै आईरहनु परेको थियो । तर अब भने पोल्याङबासीले भोग्दै आएको उक्त समस्या पनि विस्तारै अन्त्य हुने तरखरमा रहेको छ । किनकि पोल्याङमा खानेपानी आयोजना निर्माणका लागि भनेर संघीय सरकार मार्फत ४ करोडको वहुवर्षिय योजना सञ्चालन हुने भएको छ । जुन आयोजनाका लागि चालु आर्थिक बर्षका लागि ८० लाख रुपैयाँ विनियोजना भएर योजनाको काम अगाडि समेत बढेको छ ।

खानेपानी आयोजना निर्माण समितिले दिएको जानकारी अनुसार विनियोजित वजेटबाट बोरिङ स्थलमा ट्याङ्की निर्माण, विद्युत लाईन विस्तार र पाईप जडानका कामहरु भईरहेका छन् । यहि रफ्तारमा आयोजनाको काम अगाडि बढ्दै जाने हो भने योजना सम्पन्न हुन लामो समय कुर्नुपर्ने देखिदैन । अहिलेको अवस्था हेर्ने हो भने खानेपानीको अभाव हुँदा स्थानीय वासिन्दाहरु काकाकुलको अवस्थामा छन् । एक दुई गार्गी पानी लिनका लागि लामो समय खर्च गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आयोजना निर्माण अत्यन्त खुसीको विषय हो । यसैबीच आयोजना निर्माणका लागि स्थानीय समाजसेवी गणेशराज अधिकारीले तीन आना जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । जुन अत्यन्त सह्रानीय छ । आशा गरौं, आयोजना छिटो सम्पन्न गरेर घर–घरमा धारा वितरण गर्ने पोल्याङबासीको सपना छिट्ै साकार हुनेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s