विवादमा जनप्रतिनिधीको दशै भत्ता

मुलुक यतिबेला कोरोनाको संक्रमणमा गुज्रिरहेको छ । जसको प्रत्यक्ष मार नेपाली जनतामा परेको छ । यस्तो विषम परिस्थितीमा संघीय तथा प्रदेश सरकार र स्थानीय तह जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर विडम्बना तीनै तहका जनप्रतिनिधी जनताका समस्यालाई थाती राखेर व्यक्तिगत सुविधा लिन अग्रसर भईरहेको देखिन्छ । जसको ज्वलन्त उदाहरणका रुपमा जनप्रतिनिधीहरुले दशै भत्ताका नाममा लिएको सुविधालाई लिन सकिन्छ । जुन सुविधाको विषयलाई लिएर केन्द्र तहमा चर्को आलोचना भएसगै नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फिर्ता लिने निर्णय गरेका छन् । जुन निर्णय स्वागत योग्य छ । तर गण्डकी प्रदेश मातहत र तनहुँका स्थानीय तहका जनप्रतिनिधीहरुले भने दशै भत्ताको सुविधा लिईरहेको अवस्था छ । जुन विषय अत्यन्त असुहाउँदो छ ।

मुलुकको वर्तमान अवस्था हेर्ने हो भने जनता उपचार र स्वास्थ्य सामाग्री नपाएर मृत्युको मुखमा पुगेका छन् । यस्तो अवस्थामा जनप्रतिनिधीहरुले जनताको पीडामा मलम लगाउने काम गर्नुपर्ने हो । तर जनप्रतिनिधीहरु त्यतातिर ध्यान दिन भन्दा आफ्नै सेवा सुविधा कसरी बृद्धि गर्न सकिन्छ भन्ने ध्येयमा छन् । यो अत्यन्त गलत कार्य हो । तसर्थ गण्डकी प्रदेश सरकार मातहत र तनहुँका स्थानीय तहका जनप्रतिनिधीले पनि दशै भत्ता फिर्ता गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s