जिपीमा ५० बेडको आइसोलेसन कक्ष निर्माण

दमौली ,०४ कार्तिक ।
जिपी कोइराला श्वास प्रश्वास केन्द्रमा ५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तनहुँका १० वटा स्थानीय तहको संयुक्त लगानीमा ७२ लाख खर्च गरेर आइसोलेसन कक्ष निर्माण गरिएको हो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको आइसोलेसन कक्षको निर्माण कार्य ४५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आइसोलेसन निर्माणको जिम्मेवारी लिएका रवि के.सी.ले बताए । निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ केही दिन भित्र आइसोलेसन कक्ष सञ्चालनमा आउँछ के.सी.ले भने ।


जिपी कोइराला श्वास प्रश्वास केन्द्रमा आइसोलेसन कक्ष निर्माण सम्पन्न भएसगै कोरोनाका संक्रमितहरुको उपचारमा सहज हुने भएको छ । यसैगरी लामो समय सम्म अलपत्र अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँको भवनको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि पछिल्लो पटक करिब १ करोड रुपैयाँ खर्च भएको बुझिन आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s