गण्डकी प्रदेश र तनहुँका स्थानीय तहका जनप्रतिनिधीले गर्लान त दशैं भत्ता फिर्ता ? दशै भत्ता फिर्ता गर्न स्कुल अफ डेमोक्रेसी तनहुँको आग्रह

दमौली ,०४ कार्तिक ।
कोरोनाको कहरमा दशै भत्ता लिएको भन्दै संघीय सांसदहरुको चर्को आलोचना भएसगै प्रमुख प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले आफ्ना सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ ।
कांग्रेसले निर्देशन दिए लगत्तै सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समेत दशैं भत्ता फिर्ता गर्नका लागि सोमबार नै निर्देशन दिएको छ । केन्द्रमा सांसदहरुले लिएको दशै भत्ताको विषयमा चर्को आलोचना भईरहेका बेला गण्डकी प्रदेश र तनहुँका स्थानीय तहका जनप्रतिनिधीहरुले लिएको दशै भत्ता फिर्ता गर्लान त भनेर चर्को वहस हुन थालेको छ । प्राप्त जानकारी अनुसार तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका जनप्रतिनिधीहरुले दशै भत्ता लिई सकेका छन् भने अन्य स्थानीय तहका जनप्रतिनिधीहरुले समेत दशै भत्ता लिने क्रम जारी रहेको छ ।


केन्द्रमा जस्तै प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरुले समेत दशै भत्ता फिर्ता गरेर जनप्रतिनिधीहरु जनताप्रति उत्तरदायी हुनपर्ने धारणा सर्वसाधारणहरुले राख्न थालेका छन्।
यसैबीच स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाले गण्डकी प्रदेश र तनहुँका जनप्रतिनिधीलाई दशै भत्ता फिर्ता गर्न आग्रह गरेको छ ।


कोरोनाको संक्रमणले सिङगो मुलुक गुज्रि रहेको अवस्थामा तीनै तहका जनप्रतिनिधीले दशै भत्ता लिन उचित नभएको भन्दै दशै भत्ता फिर्ता लिन आग्रह गरेको हो । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर बहादुर अधिकारीले सोमबार विज्ञप्ती जारी सो आग्रह गरेका हुन् । जारी विज्ञप्तीमा केन्द्र तहमा नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशै भत्ता फिर्ता लिन गरेको निर्णय स्वागत योग्य भएको हुँदा प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले समेत दशै भत्ता फिर्ता गर्नु उचित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s