पोल्याङ लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य शुरु

अमरराज नहर्की
दमौली ,०३ कार्तिक ।


व्यास नगरपालिका–११ पोल्याङमा पोल्याङ लिफ्ट खानेपानी योजनाको काम शुरु भएको छ ।
वजेट निकासा भई काम शुरु भएपछि काकाकुल जीवन विताई रहेका स्थानीय वासिन्दा खुसी भएका छन् । गाउँमा खानेपानी भएको बेला लिफ्ट योजनाको लागि बजेट परेपछि स्थानीय वासिन्दा हर्षित भएको पोल्याङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिए । साविकको पोल्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा वितरित खानेपानी अपुग भएपछि खानेपानीको चर्को समस्या भोग्न बाध्य भएको अध्यक्ष नहर्की बताए ।


नहर्कीका अनुसार योजनाका लागि संघीय सरकारबाट पौने ४ करोडको वहुबर्षिय वजेट विनियोजना भएको छ । चालु अर्थिक वर्षको लागि ८० लाख रुपैयाँ विनियोजित भई टेन्डर गरिएकोमा ६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
उक्त बजेटबाट बोरिङ स्थलमा ट्याङ्की निर्माण, विद्युत लाईन विस्तार र पाईप जडानका कामहरु भईरहेको कार्यालयले जनाएको छ । बढ्दो जनसंख्याले बराह खोलाको वितरण गरिएको पानी दिनमा दुई गाग्री पनि थाप्न नपाउँदा काकाकुल जीवन विताउन बाध्य भएकोले खानेपानी योजना सञ्चालन गर्नको लागि माग हुँदै आएको पोल्याङ घर हुनु भएका शिक्षक लोकराज सेढाईले बताए ।


कार्यालयका अनुसार शिसाबुल्दी खोलाको पानीलाई साढे २ किलोमिटर माथी निर्वुडाँडामा लिफ्ट गरेर पानी वितरण गरिने भएको छ । निर्वुडाँडामा दुई लाख लिटर क्षमताको ट्याङ्की निमार्ण गरिने भएको छ । आयोजनाको लागि स्थानीय उपभोक्तसँग ४ लाख रुपैयाँ संकलन गरी बैंकमा धरौटी राखि सकेको अध्यक्ष नहर्कीले बताए ।
स्थानीय समाजसेवी गणेशराज अधिकारीले तीन आना जग्गा निशुल्क रुपमा आयोजनलाई दिई मालपोत कार्यालयबाट समेत रजिष्टेशन पास गरिदिएको अध्यक्ष नहर्की जानकारी दिए । यस आयोजनाबाट ३५० घरधुरीमा घरघरै धारा पु¥याउने र जनसं्ख्या बढ्दो क्रममा रहेकोले भविष्यमा एक हजार घर धुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भईरहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s