तालिम केन्द्रमा कोरोनाले पारेको असर

कोरोनाले हरेक क्षेत्रमा नराम्रो असर पारेको छ । खासगरी उद्योग धन्दा, कलखारखाना, व्यापार, व्यवसाय र पर्यटन लगायतका क्षेत्रमा कोरोनाले असर गरेको देखिएको छ । जसले गर्दा आर्थिक क्षेत्र नराम्री धराशयी हुन पुगेको छ । कोरोनाले माथि उल्लेख गरिएका क्षेत्र बाहेक शैक्षिक क्षेत्रमा समेत नराम्रो प्रभाव पारिरहेको छ । गत चैत देखि नै सुरु हुनुपर्ने शैक्षिक संस्थाका शैक्षिक सत्र अझै पनि ढुक्कले सञ्चालन हुने अवस्थामा देखिदैन । पठनपाठन मात्र होइन शिक्षकहरु तालिम लगायतका क्षेत्रमा समेत कोरोनाले नराम्ररी प्रभाव पारी रहेको छ । जसको ज्लवन्त उदाहरणका रुपमा व्यास नगरपालिका वडा नं ५ स्थित शिक्षा तालिम केन्द्रलाई लिन सकिन्छ । गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहका १८ हजार शिक्षकहरुलाई तालिम प्रदान गरिने यो तालिम केन्द्रमा कोरोनाका कारण यतिबेला तालिमका कार्यक्रमहरु सञ्चालन हुन सकिराखेको छैन । यसरी तालिमका कार्यक्रम सञ्चालन हुन नसक्दा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने विषय रोकिन पुगेको छ ।

तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटका अनुसार तालिम केन्द्रलाई करिब ७ करोड रकम आएको भएपनि ४ करोड ५० लाख रुपैयाँ रकम फ्रिज हुने अवस्था सिर्जना भएको छ । एकातिर रकम फ्रिज हुने अवस्था सिर्जना भएको छ भने अर्कोतर्फ शिक्षकहरुको सिकाईमा समेत प्रभाव परिरहेको छ । तसर्थ कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तालिममा समेत आधुनिक प्रविधि अपनाउनु जरुरी देखिन थालेको छ । यस तर्फ राज्यको विशेष ध्यान पुग्नु जरुरी छ । कोरोनाको संक्रमण सुरु भएसगै भर्चुअल कक्षा देखि अन्य प्रविधिहरु समेत प्रयोग गरिन थालिएको छ । त्यसैले आगामी दिनमा तालिमको शैली समेत परिवर्तन गर्नु जरुरी देखिन थालेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s