तनहुँ प्रहरीद्धारा ६५ औं प्रहरी दिवस मनाईयो

दमौली ,०२ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय तनहुँले ६५ औं प्रहरी दिवस मनाएको छ ।
सो अवसरमा सहिदका परिवार, उत्कृष्ट प्रहरी तथा जग्गादातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाट तथा प्रहरीको अन्य पदमा रहेकाहरु जगदिश रेग्मी, किसान केसी, दिनेश पौडेल, चन्द्रबहादुर गुरुङ, घनश्याम चौधरी, पार्वती महत र धनबहादुर गुरुङ रहेका थिए ।
उक्त अवसरमा प्रहरी चौकी घिरिङको लागि जग्गा प्रदान गर्ने घिरिङ गाउँपालिका–३ का मिनकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्य र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले सयुक्त रुपमा जग्गादाता श्रेष्ठलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए । उक्त अवसरमा प्रहरी सङ्गठनमा काम गरी कर्तव्य पालनका क्रममा सहिदका परिवारजनहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रजिअ आचार्यले तनहुँ प्रहरी कुशल ढंगले काम गरिरहेकोले गण्डकी प्रदेशमा उत्कृष्ट कार्यालय बन्न सफल भएकोमा बधाई दिए । प्रजिअ आचार्यले व्यवस्था, कानुन, परिवर्तन भएको बेला काम पुरानै ढंगले गर्नु नहुने बताए । समय बदलिए सँगै प्रहरीहरु पनि बदलिएर काम गर्नुपर्ने बताए । कार्यक्रम एसपी पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा डिएसपी युवराज तिमिल्सिना, व्यास नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, प्रहरी निरीक्षक सविता केसी लगायतले पनि जनमुखी, पारदर्शी स्वच्छ ढंगले संवेदनशिल भएर काम गर्नु जरुरी रहेको कुरामा जोड दिएका थिए ।


प्रहरी दिवसको उपलक्ष्यमा व्याडमिन्टन प्रतियोगिता
ं यसैबीच प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयले तनहुँमा कार्यरत प्रहरीबीचको व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा प्रहरी नायव निरीक्षक विकास केसी र प्रहरी हवल्दार देवीलाल तामाङको जोडी प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा प्रहरी नायव निरीक्षक विष्णबहादुर अधिकारी र प्रहरी हवल्दार शम्भु बिकको जोडी द्धितिय भएको छ ।
प्रतियोगितामा विजयी खेलाडीलाई प्रमुख जिल्ला अधिकारी आचार्य र जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी पौडेलले शुक्रबार पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रम एसपी पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा डिएसपी युवराज तिमिल्सिना, व्यास नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, प्रहरी निरीक्षक सविता केसी लगायतले पनि जनमूखी, पारदर्शी स्वच्छ ढंगले संवेदनशिल भएर काम गर्नु जरुरी रहेको कुरामा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s