भीडभाड नगर्दा नै उत्तम

कोरोनाको कहर दिन प्रति दिन बढ्दै छ । तनहुँकै हकमा भन्ने हो भने पनि पछिल्लो पटक भिमादमा एकै परिवारका तीन जनाले ज्यान गुमाउनु परेको छ । व्यास नगरपालिकाको वडा नं ३ दमौली बजारमा पनि केही दिन अगाडि ढलेर उपचारका लागि अस्पताल लगिदाँ बुधबार साँझ मृत्यु भएका ६५ बर्षिय वृद्धमा पनि कोरोनाको संक्रमण देखिएको छ । गण्डकी स्वास्थ्य निर्देशानलयले सार्वजनिक गरेको रिपोर्ट हेर्ने हो भने तनहुँमा दैनिक सरदर १५ देखि २० जनामा कोरोनाको संक्रमण देखा परिरहेको छ । जिल्लामा दैनिक यति ठूलो संख्यामा कोरोनाका संक्रमित देखिनु अत्यन्त गम्भीर विषय हो । नेपालीहरुको महान चाड दशै, तिहार लगायतका पर्वहरु नजिकिदै छन् । स्वदेश तथा विदेशबाट हजारौं सर्वसाधारणहरु घर आउने क्रम जारी रहेको छ । यो अवस्थामा कोरोनाका संक्रमितहरुको संख्या अझै बढ्ने सम्भावना छ । जुन अत्यन्त चिन्ताको विषय हो । त्यसैले बेलैमा सर्तकता अपनाउनु जरुरी छ ।

खासगरी यो संक्रमणको घडीमा कोरोनाबाट बच्नका लागि भीडभाडबाट बच्नु नै बुद्धिमता हुनेछ । दशै तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा धार्मिक स्थलहरुमा पूजा अर्चना र पसलहरुमा सामान खरीदका लागि बढी भीडभाड हुने हुँदा कोरोनाको संक्रमण फैलने सम्भावना बढी देखिएको छ । त्यसैले ति स्थानाहरुमा कम भीडभाड गर्नु उचित देखिन्छ । त्यसैगरी कोरोनाको संक्रमणबाट जोगिनका लागि अन्यत्रबाट आएका व्यक्तिहरुहरु पिसिआर रिपोर्ट नेगेटिभ नआइञ्जले क्वारेन्टाइन र आइसोलेशनमा बस्नु उचित हुनेछ । अन्यथा कोरोनाको संक्रमण फैलने सम्भावना बढी देखिन्छ । हेरौं, यस तर्फ सर्वसाधारणको कत्तिको ध्यान पुग्छ । त्यो त समयले नै देखाउँने छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s