दुई पैदल यात्रु लडेर घाइते भएपछि बुल्दी पुलको रेलिङ मर्मत थालियो

दमौली ,३० असोज ।
दुई पैदल यात्रु लडेर घाईते भएपछि बुल्दीखोला पुलको रेलिङ मर्मत कार्य बिहीबार देखि सुरु गरिएको छ ।
व्यास नगरपालिकाको वडा नम्बर १ गल्वुवेशी र वडा नम्बर २ दमौली बजार जोड्ने बुल्दी खोला माथि निर्मित पुलको रेलिङ जीर्ण भई पैदल यात्रु लडेर घाईते हुन थालेपछि मर्म गर्न थालिएको हो । यसअघि पुलको मर्मत नगरी रिवनले बाँधेर राखिदा पैदल यात्रु लडेर घाईते हुन पुगेका थिए ।


यसैक्रममा पछिल्लो पटक बुधुबार साँझ रेलिङ नहुँदा खसेर एक पैदल यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको एसपी अरुण पौडेलले जानकारी दिए अनुसार घाइते हुनेमा उदयपुर जिल्लाको कटहरी नगरपालिका–९ भोर्ले घर भएका ३५ वर्षका प्रेमबहादुर रोका रहेका छन् । साँझ ८ बजेको समयमा हिँड्दै जाँदा पुलबाट खसेर घाइते भएका रोकाको टाउकोमा चोट लागेको छ । घाईते भएका रोकाको प्रहरीले उद्धार गरी दमौली अस्पतालमा उपचार गर्न लगेको छ । घाईते रोकाको दमौली अस्पतालमा उपचार भइरहेको छ । ‘पुल तर्दै थिएँ गाडीको लाईट आँखामा प¥यो रेलिङ होला भनेर समाएको तर डोरी मात्रै रै’छ लडेर घाईते भए ।’ घाईते रोकोले भने । रेलिङबाट खोलाको पानीमा खसेको उनले बताए सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी सचिन श्रेष्ठले मर्मतको लागि टेन्डर पारेका ठेकदारले समयमा काम नगरेकोले समस्या भएको बताए । साथै ठेकदारलाई दबाब दिएर बिहीबारबाटै मर्मतको काम शुरु गर्न थालिएको श्रेष्ठले जानकारी दिए ।


एक महिन अघि पनि सोही पुलबाट खसेर धादिङका ३० वर्षीय दिनेश थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ । दमौलीमा मजदुरी गर्ने उनी कोठातर्पm जाँदै गर्दा पुलमा रेलिङ भाँचिएको ठाउँबाट थापा खस्नुभएको थियो । पुलबाट खसेर उनको खुट्टा भाँचिएको थियो। दमौली अस्पतालमा केही दिन उपचार पश्चात् उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाईएको थियो ।
उक्त पुल तत्कालै मर्मत गर्नुपर्ने विषयमा स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाले समेत विज्ञप्ती जारी गरी खबरदारी गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s